Aamsanchar

सुकुम्वासी बस्तीमा मात्र कुदेर सुशासन नहुने सांसद हर्क साम्पाङको भनाई, प्रधानमन्त्रीलाई गरे यस्तो प्रश्न

Author Image
आइतवार, वैशाख २०, २०८३

काठमाडौं –  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद् बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

आइतबार (वैशाख २०)सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै संसद् बैठक आह्वानका लागि प्रधानमन्त्री शाहलाई आग्रह गरेका हुन् । उनले भनेका छन्, “संसद् बैठक बस्न काठमाडौं आएको सरकारको स्थगितका स्थगित छ । सदन चालु राख्नुपर्छ, जनताको आवाज सुन्नुपर्छ, बहस पैरवी गर्नुपर्छ । जनताको प्रश्नको उत्तर दिनुपर्छ ।”

प्रधानमन्त्रीज्यूले के गर्नु भएको हो भनेर उनले प्रश्न गरेका छन् । सुकुम्वासी बस्तीमा मात्र कुदेर सुशासन नहुने भन्दै उनले बजेट पास र विकास निर्माणका कामहरू कहिले गर्ने भनेर प्रश्न गरेका छन् ।

Views: 10

प्रतिक्रिया (०)