
काठमाडौं – नेपाल ‘ए’ ले अमेरिकालाई २६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। लिग २ को श्रृंखलाअघिको अभ्यास खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ४९.५ ओभरमा २६४ रन बनाउँदै अलआउट भएको हो।
नेपाल ‘ए’को लागि सन्दीप जोराले सर्वाधिक १११ रनको शतकीय पारी खेले । उनले ११५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका हुन्। उनले पाँचौं विकेटको ललागि वसिर अहमदसँग ९९ रनको साझेदारी बनाएका थिए। ओपनरद्वय तृतराज दास र अनिल शाहले समान ९/९ रन बनाए। मयन यादवले २४, वसिर अहमदले ३८, पवन सर्राफले २० र नारायण जोशीले १६ रन बनाए।
अमेरिकाको लागि सौरव नेत्रभल्करले सर्वाधिक ३ विकेट लिए। जसदिप सिंहले २ विकेट लिँदा सुभम रञ्जाने, मोहम्मद मोसिन, मिलिन्द कुमार र रुसिल उगारकारले १–१ विकेट लिए।

नेपाल ‘ए’ले यसअघिको तीन वटै अभ्यास खेलमा जित दर्ता गरेको थियो।
Views: 23


