
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा पूर्वमन्त्री खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू आएको बताए ।
“म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ, फाइल पारित गर्ने, मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा बैठक मात्रै गरेको रहेछु भने घोटालाको त परै जाओस् । मैले मिटिङ मात्रै गरेको रहेछु भने मेरो राजनीतिक जीवनबाट सधैँ बिदा लिन तयार हुन्छु’ उनले चुनौती दिए ।

Views: 3


