
काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणत्मक सिरिजको पहिलो खेमा नेपाललाई स्कटल्याण्डले २४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ८ विकेट गुमाएर २४३ रन बनाएको हो।
नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र नन्दन यादवले समान दुई दुई विकेट लिए।
घरेलु मैदान र समर्थकको साथ पाउने भएकाले आजको खेल नेपालका लागि लिग–२ को तालिकामा सुधार गर्न महत्त्वपूर्ण मानिएको छ। नेपालले गत मंगलबार ओमानमाथि विजय हात पारेको टोलीलाई नै प्लेयिङ ११ मा राखेको छ।रोहित पौडेलको कप्तानीमा नेपालबाट विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीलाई खेलिरहेको छन्।

इशान पाण्डेल एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ‘डेब्यु’ का लागि अर्को खेल पर्खनु पर्ने भएको छ। इशानसँगै सोमपाल कामी, भीम सार्की र कुशल भुर्तेल प्लेयिङ ११ बाहिर रहेका छन्। लिग २ मा स्कटल्यान्ड २८ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २४ खेलमा १८ अंक जोडेर सातौं स्थानमा छ।


