Aamsanchar

कांग्रेसद्वारा प्रधानमन्त्री बालेन शाहको जवाफ माग

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौँ  –  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा मर्यादा उल्लंघन गरेको विषयमा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीले देखाएको व्यवहार सामान्य किसिमको नभएको बताएकी हुन्।

‘यो सामान्य दृश्य होइन। संवैधानिक मर्यादा उल्लंघनको विषयलाई सामान्यरूपमा लिनु हुँदैन’, उनले भनिन्, ‘पद मात्र ठूलो होइन संवैधानिक मर्यादा र जनविश्वास ठूलो कुरा हो। यस्ता घटनाको पुनरावृत्ति नहोस्। ’

यो विषयमा प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने उनको माग छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्री शाह बिचैमा उठेर हिँडेका थिए। त्यस क्रममा उनले लगाएको पोशाकको पन आलोचना भइरहेको छ।

Views: 16

प्रतिक्रिया (०)