Aamsanchar

प्रधानमन्त्री अनुपस्थित भएको विषयले सदनमा लफडा, हर्क साम्पाङले बैठक बहिष्कार गरेर हिँडे

Author Image
बुधवार, वैशाख ३०, २०८३

काठमाडौं –  संसद्को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयले सदनमा लफडा भएको छ ।

विपक्षी दलका सांसदहरूले सदनमा उठेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बोल्न खोजे पनि सभामुखले समय दिएनन् ।

सभामुखले बोल्न समय नदिएपछि उनी बैठक बहिष्कार गरेर निस्किए । उनले अरु सांसदलाई पनि निस्कन आग्रह गरे ।

 

Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर