
डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खरिद गरेर ल्याएको घुम्ती शौचालय लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ ।
नगरपालिकाले गत २०८१ असार अन्तिममा ९ लाख ५० हजार लागतमा ल्याएको घुम्ती शौचालय झन्डै दुई वर्षदेखि त्यत्तिकै थन्किएको हो ।

पालिकाको मुकामसमेत रहेको त्रिपुराकोट बगर बजार जिल्लाको सदरमुकाम दुनैपछिको प्रमुख बजार क्षेत्र हो । यहाँ दैनिक ठूलो संख्यामा मानिस तथा सवारी आवतजावत हुने गरेको छ ।

भेरी करिडोर सडक खण्ड भित्र उक्त बजार क्षेत्र हुँदै सवारी आवतजावतको मुख्य केन्द्रसमेत रहेको प्रमुख बजार क्षेत्रमा नै सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको मजबुत यातायात प्रालिका इन्चार्ज रवीन्द्र सार्कीले बताए ।
Views: 3


