Aamsanchar

एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा

Author Image
शुक्रवार, जेठ १, २०८३

काठमाडौं –  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे । ‘बिना शर्त निलम्बन फुकुवा भएको छ । फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत कुरा बताउनेछौं । निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ’ शाहले भने ।

यसअघि राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को ९२० लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर