Aamsanchar

अष्ट्रेलियाकी कान्छी एभरेष्ट आरोही बनिन् बियान्का एडलर

Author Image
शुक्रवार, जेठ ८, २०८३

काठमाडौं – अष्ट्रेलियाकी १८ वर्षीया आरोही बियान्का एडलरलाई विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहणपछि काठमाडौंमा भव्य स्वागत गरिएको छ। उनी सगरमाथा सफलतापूर्वक आरोहण गर्ने सबैभन्दा कम उमेरकी अष्ट्रेलियन बनेकी छन्।

मेलबर्नकी एडलरले मे २०, २०२६ (बुधबार) बिहान करिब २:२० बजे (नेपाल समय) सगरमाथाको ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला राखेकी थिइन्। यो उनको दोस्रो प्रयास थियो। अघिल्लो वर्ष खराब मौसमका कारण शिखरभन्दा करिब ४०० मिटर तलबाट फर्किनुपरेको थियो।

बियान्का बिहीबार दिउँसो आमा र बुबासँग काठमाडौं आइपुगेका थिए। एडलरले सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहण गरेकी थिइन्। उनीसँग अनुभवी नेपाली शेर्पा टोलीले साथ दिएको थियो।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर