Aamsanchar

आज सुनचाँदीको मूल्य

Author Image
मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं  – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर