Aamsanchar

सेयर बजार दोहोरो अंकले बढ्यो

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौं –  साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको सेयर बजार यो साताको पहिलो दिन सोमबार २७.८५ अंकले बढेको छ ।

यसदिन सेयर एक प्रतिशतले वृद्धि हुँदा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेर बन्द भएको छ । पहिलो दिन कुल कारोबार रकम पनि अघिल्लो दिनको कारोबारको तुलनामा बढेको छ ।

सोमबार पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँबराबरको एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच भयो । यो ७५ हजार ८५६ पटक भएको कारोबारबाट भएको हो । गत शुक्रबार चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

बजार उत्साहजनक रूपमा बढ्दा ३४२ कम्पनीको कारोबार भयो । जसमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घट्दा सात कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यसदिन सबैभन्दा बढी कमाउने पाँच कम्पनीमा थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, उपर हेवाखोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर, रिज लाइन इनर्जी रहेका छन् ।

यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीहरूमा बुंगल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड, एनआईबीएल ग्रोथ फन्ड, ८।५ प्रतिशत नेपाल बैंक डिवेञ्चर २०८७ र सिद्धार्थ इक्विटी फन्ड रहेका छन् । समूहगत सूचकतर्फ सबै समूहको सेयर मूल्य बढेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

 

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर