Aamsanchar

हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

Author Image
बुधवार, जेठ १३, २०८३

तस्बिर थाहा खबर

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

बैठक शुरु हुनेबित्तिकै उठेर विरोध जनाएका उनले सभामुख डोलप्रसाद अर्यालको आग्रहलाई बेवास्ता गर्दै बैठकबाट बाहिरिएका हुन्।बैठकको शुरुमै उनले पहिलेझैँ प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै विरोध जनाएका थिए। उनले प्रधानमन्त्रीलाई उपस्थित गराउन ‘रुलिङ’ गर्न सभामुख अर्याललाई आग्रह गरे। तर अर्यालले ‘कुन विषयमा रुलिङ गर्ने कुन विषयमा नगर्ने अधिकार आफूसँग रहेको’ जवाफ दिए। यसपछि साम्पाङ संसदबाट बाहिरिए।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर