
चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको भए हो । मृतक अन्दाजी २२–२३ बर्षको रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको कमाण्डमा ९ जना र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापा मगरको कमाण्डमा १० जनाको टोलीले उद्धारमा खटिएको थियो ।

चन्द्रपुर नगरपालिका जुडिबेलास्थित पूर्व पश्चिम लोकमार्गको पूर्वी लच्का नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए । दुबै सवारी र बस चालक जिल्ला मकवानपुर गढी गाउँपालिका–३ बस्ने अन्दाजी बर्ष ५९ को लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई ईप्रका चपुरमा र शव सरकारी अस्पताल चन्द्रनिगाहपुरा राखिएको राईले जानकारी दिए ।


