Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य संघको मतगणना सुरु

Author Image
सोमवार, साउन २३, २०७४

झापा,

झापाको बिर्तामोड स्थित बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी हिजो भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतगणनाको प्रक्रिया सुरु भएको निर्वाचन समितिका एकराज गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार सर्वपक्षीय छलफल पछि एउटा सहमती तयार गरेर मतगणना सुरु हुनेछ । संघको १८ पदका लागि ४३ जनाको उम्मेदवारी परेको थियो । दुई हजार चार सय ५३ मतदाताले रहेको विर्तामोड उद्योग वाणिज्यसंघमा दुई हजार ९१ मत खसेको निर्वाचन आयोगले जनाएको छ । हिजो बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । नयाँ नेतृत्व चयनका लागी उद्योगी ब्यवसायीहरुको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

अध्यक्ष पदका लागि कुमार भट्टराई, हनुमान मित्तल र हरि प्रसाईको उम्मेदवार रहेका छन् । ‘बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ लोकतान्त्रिक व्यवसायिक साझा प्यानल बनाएर कुमार भट्टराईले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने ‘व्यवसायीको संस्था, व्यवसायीकै नीति, व्यवसायीकै नेतृत्व’ भन्ने मूल नारासहित संयुक्त व्यवसायिक प्यानल नाम दिएर हनुमान मित्तलले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । त्यस्तै हाम्रो अभियान स्‘सुरक्षित एवम् भयरहीत व्यवसायिक वातावरण निर्माण’ भन्ने मूल नारासहित हरि प्रसाईं स्वतन्त्र युवा ब्यवसायिक प्यानल खडा गरेर निर्वाचनमा होमिएका हुन् । सबैले आफैंले जित्ने दाबी गरेका छन् ।

निर्वाचनमा लोकतान्त्रिक व्यवसायिक साझा प्यानलका तर्फबाट अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी, उद्योग उपाध्यक्षमा राजु न्यौपाने, बाणिज्य उपाध्यक्षमा शार्दुलहाङ ओली, जनसम्पर्क उपाध्यक्षमा पार्वता विमली, महासचिवमा प्रशान्त भण्डारी भेषराज, उद्योग सचिवमा रवीन्द्र भट्टराई, बाणिज्य सचिवमा घनश्याम चौधरी र कोषाध्यक्षमा मनोज अग्रवाल मैदानमा छन् । त्यस्तै खुल्ला सदस्यमा राजु घिमिरे, राजकुमार साह, राजु सापकोटा, सञ्जीव घिमिरे, कुशल खतिवडा, ओमप्रकाश श्रेष्ठ, हरि दियाली रहेका छन् । त्यस्तै महिला सदस्यमा राधिका चुडाल हुमागाँई र रजनी बजगाई थपलियाले उम्मेदवारी दिएका छन् ।

यसैगरी संयुक्त व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षमा हनुमान मित्तलसहित बरिष्ठ उपाध्यक्षमा गंगाप्रसाद मैनाली, उद्योग उपाध्यक्षमा कुलप्रसाद खरेल, बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया, महिला उपाध्यक्ष दुर्गा खतिवडा, महासचिवमा सुवास भट्टराई, उद्योग सचिवमा राजन थापा, बाणिज्य सचिवमा प्रकाश घिमिरे र कोषाध्यक्षमा पवन खेडिया मैदानमा छन् । त्यस्तै सदस्यमा खगेन्द्रप्रसाद खरेल, सूर्यकुमार खतिवडा, राजु पारिक, शत्रुघनप्रसाद गुप्ता, गौरीशंकर गुप्ता टिन्कु, सुरज चौधरी, बृहस्पति पाण्डे र महिला सदस्यमा उर्मिला खरेल र दुर्गा थपलिया प्रतिस्पर्धामा छन् ।
त्यस्तै स्वतन्त्र युवा ब्यवसायिक प्यानलको तर्फबाट अध्यक्षमा प्रसाईसहित सदस्यहरुमा दिनानाथ शिवाकोटी, पुकार बराल, सन्नी गोयल अग्रवाल र सरोज संग्रौला रहेका छन् । अध्यक्षका उम्मेदवार रहेका भट्टराई कांग्रेस निकट ब्यवसायी तथा माओवादी केन्द्र निकट ब्यवसायीको समर्थनमा उम्मेद्वार बनेका हुन् भने मित्तल एमाले तथा राप्रपा निकट ब्यवसायीको साथमा चुनावी मैदानमा होमिएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्रसाई भने स्वतन्त्र रुपमा उम्मेद्वार बनेका थिए । मतपरिणाम पछिटो भन्दा छिटो सार्वजानिक गर्न पहल गरिने जनाइएको छ ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर