Aamsanchar

विर्तामोड उद्योग वाणिज्य संघको मतगणना जारी/ भट्टराईको अग्रता

Author Image
सोमवार, साउन २३, २०७४

बिर्तामोड,

झापाको बिर्तामोड स्थित बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी हिजो भएको मतदानको मतगणना जारी रहेको छ । दुई सय मत गण्ना गरिसक्दा पहिलो पटक नतिजा सार्वजानिक गरिएको छ । अहिले सम्म अध्यक्षका उम्मेद्वार कुमार भट्टराईले १११, हनुमान मित्तल ७२ र हरि प्रसाईले १४ मत प्राप्त गरेका छन् ।
बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटी १३३, बरिष्ठ उपाध्यक्षमा गंगाप्रसाद मैनाली ६५ ,उद्योग उपाध्यक्षमा राजु न्यौपाने ११८, उद्योग उपाध्यक्षमा कुलप्रसाद खरेल ७८, बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया ९८,बाणिज्य उपाध्यक्षमा शार्दुलहाङ ओली ९५ , महिला उपाध्यक्ष दुर्गा खतिवडा ६७,जनसम्पर्क उपाध्यक्षमा पार्वता विमली १२८, महासचिवमा सुवास भट्टराई ७८,महासचिवमा प्रशान्त भण्डारी भेषराज ११९, उद्योग सचिवमा राजन थापा ८०,उद्योग सचिवमा रवीन्द्र भट्टराई ११२, बाणिज्य सचिवमा प्रकाश घिमिरे १०७ बाणिज्य सचिवमा घनश्याम चौधरी ८८ र कोषाध्यक्षमा पवन खेडिया ८७,कोषाध्यक्षमा मनोज अग्रवाल १०३ मत प्राप्त गरेका छन् ।

अहिले पनि मत गणना जारी रहेको जनाइएको छ । संघको १८ पदका लागि ४३ जनाको उम्मेदवारी परेको थियो । दुई हजार चार सय ५३ मतदाताले रहेको विर्तामोड उद्योग वाणिज्यसंघमा दुई हजार ९१ मत खसेको निर्वाचन आयोगले जनाएको छ । सदस्यहरुको मतगणना सुरु गरिएको छैन् ।

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर