Aamsanchar

बिर्तामोडको वि एण्ड सी र काठमाण्डौको मनमोहन हस्पिटलले मेडिकल कलेजले सम्बन्धन पाउने !

Author Image
सोमवार, साउन २३, २०७४

संसदीय समितिले मनमोहन र बीएन्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने भएको छ ।
संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अन्तरर्गतको कार्यदलले सोमबार विधेयकको दफा १३ मा संशोधन गर्ने सहमति जुटाएको छ । आशयपत्र प्राप्त गरी भौतिक पूर्वाधार बनाएका र निरीक्षण भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गर्ने सहमति जुटेको हो ।

कार्यदलका सदस्य एमाले सांसद श्रीमाया थकालीले  बताएकी छिन , ‘दफा १३ मा संशोधन गर्ने सहमति भएको छ । आशयपत्र पाएका, भौतिक पूर्वाधार भएका र अनुगमन निरीक्षण भएकालाई सम्वन्धन दिन सकिने भन्ने भएको छ ।’

समितिकी सभापति रञ्जु झा सदस्य रहेको कार्यदलले पर्सि बुधबार बैठक बसेर विधेयक पास गर्ने तयारी गरेको छ ।कार्यदलमा भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पास भएमा काठमाडौंमा मनमोहन, बिर्तामोडको बी एण्ड सी लगायतका मेडिकल कलेजले सम्वन्धन पाउनेछन् ।

राजधानी उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा भने कायमै राखिएको छ । समाचार साभार: अनलाईन खवर

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर