बिर्तामोड।

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । लोकतान्त्रिक व्यवसायी साझा प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका भट्टराईसहित अधिकांश पदमा सो प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
अध्यक्षमा विजेता बनेका भट्टराईले ११३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत शिवकुमार अग्रवालले जानकारी दिए । भट्टराई सञ्चार उद्यमी हुन् । उनी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय उपाध्यक्ष तथा रेडियो सनराइजका अध्यक्ष हुन् । भट्टराईका प्रतिस्पर्धी हनुमान मित्तलले ७९६ र हरि प्रसाईले ११८ मत प्राप्त गरेका छन् । मित्तल संयुक्त व्यवसायिक प्यानल र प्रसाईं स्वतन्त्र प्यानल खडा गरी चुनावमा उत्रिएका थिए । भट्टराई प्यानललाई कांग्रेस र माओवादीको समर्थन थियो भने मित्तल प्यानललाई एमाले र राप्रपाले समर्थन गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी सर्वाधिक मतका साथ निर्वाचित भएका छन् । शिवाकोटीले १३६२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी गंगाप्रसाद मैनालीले ६५४ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । उनले १२३६ मत प्राप्त गरे भने प्रतिस्पर्धी रहेका कुलप्रसाद खरेलले ७७८ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया १०४५ मतका साथ विजयी बनेका छन् । उनका प्रतिस्पर्धी सार्दुलहाङ ओलीले ९३६ मत प्राप्त गरेका छन् ।
जनसम्पर्क उपाध्यक्ष महिलामा पार्वता खरेल विमली १२६७ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी दुर्गा खतिवडाले ७२० मत प्राप्त गरिन् ।
त्यस्तै महासचिवमा भेषराज भण्डारी प्रशान्त ११३० मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुवास भट्टराईले ८७५ मत प्राप्त गरेका छन् ।
उद्योग सचिवमा ११६४ मतका साथ रविन्द्र भट्टराई विजयी बनेका छन् । उनका प्रतिस्पर्धी राजन थापाले ८२३ मत प्राप्त गरेका छन् ।
वाणिज्य सचिवमा १०१६ मतका साथ प्रकाश घिमिरे विजयी भएका छन् । उनका प्रतिस्पर्धी घनश्याम मुन्नाले ९७१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा १०९७ मतका साथ मनोज अग्रवाल विजयी भएका छन् । उनका प्रतिस्पर्धी पवन खेडिया अग्रवालले ८५८ मत प्राप्त गरेका छन् । कार्यसमिति सदस्यमा खुला प्रतिस्पर्धाबाट खगेन्द्रप्रसाद खरेल (१०९१), कुशल खतिवडा (१०५८), राजकुमार घिमिरे राजु (१००९), गौरीशंकर गुप्ता टिन्कु (९००), सञ्जिव घिमिरे (८९६), राजकुमार साह (८६५), राजु सापकोटा (८५६) विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा उर्मिला विमली खरेल (९९२) र राधिका चुडाल हुमागाईं (९७२) निर्वाचित भएका छन् ।
महिला सदस्यमा प्रतिस्पर्धी रहेका दुर्गा थपलियाले ८८०, रजनी थपलीया बजगाईले ८७८ मत प्राप्त गरेका छन् । त्यस्तै खुल्ला सदस्यको प्रतिस्पर्धामा रहेका ओमप्रकाश श्रेष्ठ (प्रकाश)ले ८४३, दिनानाथ शिवाकोटीले ३४०, धिमरोज महम्मदले १०६, पुकार बरालले ४२०, बृहस्पती पाण्डेले ६२५, राजु शर्मा पारिकले ७६०, सन्नी गोयल अग्रवालले ५११, सरोजकुमार संग्रौलाले १७७, सूर्यकुमार खतिवडाले ५६८, सुरज चौधरीले ७३२, शत्रुघनप्रसाद गुप्ताले ८२६ र हरिकुमार दियालीले ६१२ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टराईसहित संघको नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत अग्रवाल, संघका वर्तमान कार्यसमिति अध्यक्ष बलराम कार्की, वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ लगायतले फूलमाला र अविर पहिर्याएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
त्यस्तै निर्वाचनको अन्तिम मत परिणाम घोषणा लगत्तै अध्यक्ष पदका प्रतिस्पर्धी हनुमान मित्तलले नवनिर्वाचित अध्यक्ष कुमार भट्टराईलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका थिए । निर्वाचनलाई निष्पक्ष, धाधलीरहित र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग पुर्याएकोमा सबैप्रति निर्वाचन अधिकृत अग्रवालले धन्यवाद ज्ञापन गरेका छन् ।


