Aamsanchar

दुई लाख घुससहित रंगेहात जनस्वास्थ्य अधिकृत पक्राउ

Author Image
मङ्गलवार, साउन २४, २०७४

झापा ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अधिकृत रामप्रसाद साह दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत साहलाई भद्रपुर स्थित उनकै इन्सिच्यूटबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन समेत रहेका साहले झापाको दमक स्थित एक अस्पतालबाट दुई लाख रुपैयाँ घुस लिदै गरेको बेला पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रहरी डिएसपी रमेश बस्नेतले बताउनु भयो ।

जनस्वास्थ्य कार्यालयमा बार्षिक रुपमा गरिनुपर्ने दर्ता नविकरणको प्रमाणपत्र दिने सर्तमा अधिकृत साहले दमकको अस्पतालबाट २ लाख रुपैयाँ घुस माग गरेका थिए । पैसा नदिए प्रमाणपत्र नदिने भन्दै साहले अस्पतालसँग पैसा मागेका थिए ।

प्रमाणपत्रको नाममा साहले अस्पतालबाट दुई लाख रुपैयाँ घुस माग गरेपछि अस्पतालको सञ्चालक समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी सहित लिखित निवेदन गरेकापछि अख्यितारको टोली खटिएका थिए ।

पक्राउ परेका अधिकृत साहलाई आवश्यक कार्वाहीका लागि विशेष अदालतमा पेस गरिने डिएसपी बस्नेतले बताउनु भयो ।-एबिसि टेलिभिजनबाट

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर