Aamsanchar

स्वाइनफ्लूको उपचार बी एण्ड सी अस्पतालमा सुरु

Author Image
बिहिवार, साउन २६, २०७४

विर्तामोड ।

झापामा स्वाईनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि बी एण्ड सी हस्पिटलले स्वाइनफ्लूको संक्रमण सम्बन्धि उपचार सुरु गरेको छ । पूर्वमा पहिलो पटक नीजि अस्पतालले यो रोगको नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले शुक्रबारबाट छुट्टै उपचार कक्षको स्थापना गरेर उपचार सुरु गर्ने बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
हस्पिटलले डाक्टर दिलिप शाहलाई काठमाण्डौं स्थित टेकु अस्पतालमा तालिमका लागी पाएर उनी आएपछि बी एण्ड सीले स्वाइफ्लू नियन्त्रणका लागी पहल थालेको बताइएको छ । स्वाइनफ्लूबाट आत्तिनु नपर्ने भन्दै अस्पतालका डा. शाहले भने–यो सिजन फ्लू हो । त्यसैले उच्च सर्तकता अप्नाउनु पर्छ । यो रोगबाट बालबालिका, बृद्धबृद्धा र अन्य रोगका संक्रमण अथार्त रोगप्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिाई छिटो आक्रमण गर्ने भएकाले सबैले सावधानी अप्नाउनु पर्ने डा. शाहले बताए ।

झापामा दुई महिलाको मृत्यु भएपछि त्यसपछि कसैलाई पनि स्वाइनफ्लस् पोजेटिभ नदेखिएको भन्दै डराउनु पर्ने अवस्था भने नरहेको तर सावधानी अप्नाउनु पर्ने डा.राजु श्रेष्ठले बताए । उनका अनुसार बी एण्ड सी हस्पिटलमा सबै प्रकारका फ्लूको उपचार गर्ने उद्धेश्यले छुट्टै वर्डको ब्यवस्था, ल्याब परिक्षण छुट्टै, भेन्टिलेटरको ब्यवस्था तथा दक्ष चिकित्सकको टोली नै खटाइएको छ । बी एण्ड सी हस्पिटलले ८ जना डाक्टर, ६ जना स्टाफ नर्स, ल्याबमा ३ जनाको टोली छुट्टै रुपमा खटाइएको र उपचार पनि शुरु गरिएको हस्पिटलले जनाएको छ ।
बीएण्डसी हस्पिटलले स्वाईफ्लू रोगको परीक्षणका लागि भ्याक्सिन, किट, औषधि लगायतको व्यवस्था गरिसकेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । उनका अनुसार नेदरल्याण्डदेखि भ्याक्सिन, भारतदेखि किट ल्याइएको छ ।
झापामा स्वाईफ्लूका कारण दुईजना महिलाले ज्यान गुमाएको समाचार आमसञ्चार डट.कम.मा प्रकाशित भएसँगै जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले गरेको अनुगमन तथा निरीक्षणमा महिलाहरुको स्वाइनफ्लूकै कारण मृत्यु भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कुलबहादुर पौडेलले बताए । उनले पूर्वमा नै सुविधासम्पन्न र सुरक्षित हस्पिटलको रुपमा बीएण्डसी हस्पिटल रहेकाले स्वास्थ्य परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि सहयोग तथा सहकार्य गरेको जानकारी दिए । उनका अनुसार दुईजनाको मृत्यु भए पनि हालसम्म झापामा अरु कसैमा स्वाईनफ्लू पोजेटिभ नदेखिएकाले आत्तिनुपर्ने अवस्था भने नरहेको तर सावधानी अपनाउनुपर्ने सुझाव दिए ।
विभिन्न सिजनल फ्लूका कारण मानिसमा त्रास फैलिएको भन्दै चिकित्सकहरुले बेलैमा उपचार भएमा कसैको पनि मृत्यु नहुने डा. साहले बताए । उनका अनुसार १ सय १ डिग्रीभन्दा बढी ज्वरो आउने, हाडजोर्नी दुख्ने, बेहोस हुने, स्वाशप्रश्वासमा समस्या हुने, झाडा–पखाला लाग्ने लगायतका समस्या देखिएमा तत्काल उपचार गराउनुपर्ने हुन्छ ।
स्वाइनफ्लूको जुनसुकै हस्पिटलमा उपचार गर्न नसक्ने भन्दै बीएण्डसीमा दक्ष चिकित्सक भएकाले राष्ट्रिय प्रयोगशाला टेकुसँगको सहकार्यमा उपचार शुरु गरिएको भन्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने– ‘पूर्वका जनताले अब उपचार नपाएर मृत्युवरण गर्नुपर्छ भन्ने चिन्ता नगरे हुन्छ ।’ उनले स्वाइनफ्लू सम्बन्धी औषधि नेपालमा नै नपाइने तथा भ्याक्सिन, किटहरु समेत नपाइने हुँदा समस्या भएको बताए ।
बीएण्डसी हस्पिटलले तीन सय भ्याक्सिन, औषधि, किट लगायत सबै उपचार पद्धतिको व्यवस्था गरेर बिरामीलाई साधारण जोखिम र उच्च जोखिम गरी तीन किसिममा विभाजन गरेर उपचार शुरु गरिने डा. साहले बताए ।  झापामा कसैलाई स्वाइनफ्लू पोजेटिभ देखिएमा तत्काल राष्ट्रिय प्रयोगशाला टेकुमा जानकारी गराउने र पुनः परीक्षण गरेर उपचार गर्ने व्यवस्था गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पौडेलले बताए ।
बी एण्ड सी हस्पिटलले माक्स, औषधि लगायतका व्यवस्था गरेकाले सहजरुपमा जनुसुकै रोगको पनि उपचार हुने हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर