Aamsanchar

लगातारको वर्षाले झापाको शिवसताक्षीमा २१ घरपरिवार डुवानमा

Author Image
बिहिवार, साउन २६, २०७४

झापा।

झापाको शिवसताक्षी नगरपलिका-४ स्थित ओडारी चोकमा लगातारको वर्षाले २१ घर परिवारको बस्ती डुवानमा परेको छ।

बनियानी खोला र कमल खोलाको बिचमा रहेको बस्तीमा सतार समुदायको २१/२२ घर परिवारको बसोबास रहेको छ। उक्त स्थानमा इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरीको टोली खटिगई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
वर्षा हुने क्रम जारी रहेकाले सचेत रहन प्रहरीले आग्रह समेत गरेको छ ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर