Aamsanchar

सप्तकोशीमा यसवर्षकै उच्च वहाव, कोशी ब्यारेजका ३० ढोका खोलियो

Author Image
बिहिवार, साउन २६, २०७४

सुनसरी,

सप्तकोशी नदीमा बिहीबार मध्यान्ह यस वर्षकै उच्च वहाव मापन गरिएको छ । मध्यान्हको मापन अनुसार सप्तकोशीमा २ लाख ३६ हजार ४ सय क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । मापन यस वर्षको उच्च वहाव हो । कोशी ब्यारेजका ३० वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ ।

पूर्वी पहाडी भेगसहितका क्षेत्रमा पानी पर्ने क्रम जारी रहेसँगै केही दिनयता सप्तकोशीको बहावमा उतारचढाव हुनेक्रम जारी छ ।

पहाडी भेगमा वर्षा जारी रहँदा कम्तिमा पनि ४ घण्टापछि मात्र कोशीको वहावमा त्यसले प्रभाव पार्ने गर्छ ।

नदीमा पानीको सतह बढ्दै गए पनि स्परहरु सुरक्षित रहेको र नियमित अनुगमन जारी रहेको सुनसरी प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले कुनै पनि खतरा नरहेको बताउनुभयो । स्रोतः उज्यालोबाट

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर