Aamsanchar

सिलिगुडीमा पक्राउ परेका नेपालीलाई रिहाई गर्न आग्रह

Author Image
बिहिवार, साउन २६, २०७४

इलाम ,

भारत सिलिगुडी प्रहरीद्वारा दंगा भड्काएको आरोपमा मंगलबार पक्राउ परेका नेपाली नागरिक उदयहाङ फागोको परिवारले बिनाशर्त उहाँको रिहाई गरीदिन आग्रह गरेका छन् ।

आमाको उपचारका लागि सिलगुडी पुग्नुभएका इलाम सूर्योदय नगरपालिका स्थित फिक्कलका २८ वर्षका फागोलाई भारतीय प्रहरीले गोर्खाल्याण्ड आन्दोलनमा सहयोग गरेको भन्दै सिलगुडी सालवारीस्थित डनवस्को स्कुल परिसरबाट पक्राउ गरेको थियो ।

आमाको उपचार गराउन जानु भएका फागो पक्राउपछि अहिले उहाँको आमा गंगामायाको अवस्था थप नाजुक बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको उपचारमा थप समस्या भएको पीडित उदयहाङका दिदी साधना फागोले बताउनुभयो ।

बिरामी गंगामायालाई अहिले घर फर्काइएको छ । गैर कानुनी रुपमा भारतीय प्रहरीले नेपाली नागरीकलाई पक्राउ गरेपछि उहाँको बिना शर्त रिहाईको लागि आवश्यक पहल गरीदिन परिवारजनले नेपाल सरकारसँग आग्रह गरेको छ ।

सिलगुडीको फेमेली क्लिनीकमा आमाको उपचारका लागि उदय र उहाँको दिदी साधना जानु भएको थियो । यसैक्रममा फागोका परिवारले राष्ट्रिय मानव अधिकार आयोग काठमाडौंमा उदय फागोको बिनाशर्त रिहाईको पहल गरीदिन भन्दै पत्र समेत पठाएको छ ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर