Aamsanchar

बाढिले निम्त्याएको कहर ( ११ फोटो फिचर )

Author Image
आइतवार, साउन २९, २०७४

गएको शुक्रबार  र शनिबार परेको अविरल बर्षाले विनाश गरेको

केही स्थानको तस्विर

शुक्रबार राती १२ बजे पूर्व पस्चिम लोकमार्ग अन्तरगत विर्तामोड नगरपालिका २ स्थित घाग्राखोलाको पानी सडक माथी बग्दै । 

 भेलले घर बगाएर ३ सय मिटर तल पुरएको ठाउँमा  भाडाकुडा र तत्ता कपडा  खोज्दै कनकाई नगरपालिका ५ चप्रामारीकी लक्ष्मी लिम्बु ।  

झापा गाउँपालिका शरणामतीमा डुवान परेको एक घर ।

झापा गाउँपालिका वडा नं २ सडकबारी गाउँ माई खोलाले टापु बनाएपछी वारीका ​​​​​​मानिसहरु पारी गाउँ हेर्दै । 

कनकाई नगरपालिका ३ एकान्त टोलमा रहेको सुरुंगा–चम्पापुर जोडने सुरंगा पुल क्षती ग्रस्त । 

पस्चिममा ठुलोमाई र पूर्वमा सानो माई खोलामा आएको बाढीका कारण झापा बजार आउने काठेपुल  बगाएपछी

आवत जावत बन्द भएर संकटपूर्ण जीवन बाच्न बाध्य बनेका सडकबारी वासी सहयोगको पर्खाईमा  । 

झापाको पुरानो बजार झापा बजार पूर्वमा रहेको भत्किएको कलभर्ट । 

सानो माई खोलाले डुवान बनाएको क्षेत्र झापा गाउँपालिका २ मा बाढी पिडितको उद्द्वारमा तैनाथ कालिबहादुर गढ चारआलीवाट

खटिएको नेपाली सेनाको टोली र स्थानियहरु । 

झापा गाउँपालिका सितुमारीका बाढी पिडित वासिन्दाहरु माईखोला हेर्दै ।

पानीले विगारेको सुरुंगा–झापा बजार कालोपत्रे सडक र बगेर आएको परालको माच । २० किलो मिटरको कालोपत्रे सडक ८० प्रतिशल भत्किएको छ । 

जलमग्न बनेको विर्तामोड अतिथि सदन रोड ।

तस्वीरहरु  विनोद पाण्डे (कमल)/आमसंचार

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर