भरत शिवाकोटी/युएई,



विगत केहि दिन देखि नेपालमा अविरल वर्षा सँगै अधिकांश स्थानहरुमा आएको बाढी पहिरोका कारण प्रभावित भएकाहरुको उदार तथा राहातकार्यका लागी युएईमा रहेका विभिन्न संघ,संस्था तथा संगठनहरुले आर्थिक संकलनको अभियान सुरु गरेका छन ।
एमाले संगठन प्रवासी नेपाली मंच युएईले साउन २८ गते एक प्रेस विज्ञप्ती जारि गर्दै बाढी पहिरोबाट सृजित समस्या प्रति गहिरो दु:ख व्यक्त गर्नुका साथै दैवीप्रकोपमा परि ज्यान गुमाउनेहरू प्रति श्रदान्जली अर्पण गरेको छ | | डुबानक्षेत्रहरुमा सरकारले अबिलम्ब पिडित परिवारहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न,बेपत्ताहरुको तत्काल खोजि गर्न र अबिलम्ब राहतको कार्यक्रम घोषणा गर्न नेपाल सरकार सँग जोडदार माग गर्दछौ प्रवासी नेपाली मंच युएईका अध्यक्ष श्याम कडेंल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ |

पिडितहरुलाई राहत तथा सहयोग गर्ने उदेश्यले युएईका सम्पूर्ण राज्य कमिटीहरु र इकाई कमिटीहरूलाई स्वेच्छिक सहयोग संकलन गर्न परिचालन गरिसकिएको मंचका रास्ट्रीय कमिटी सचिव प्रविण पोखरेल ले जानकारी दिएका छन | दैवीप्रकोप बाट धनजनको क्षतिमात्र भएको छैन, मानवीय क्षति सँगै विकराल र भयावह स्थिति सृजना भएकोले पिडितहरुलाई राहत स्वरुप सहयोग गर्ने प्रवासी नेपाली मंचको अभियानलाई हातेमालो गरी साथदिन मंचका महासचिव भेषराज ढकाल ले युएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई अनुरोध गरेका छन ।
युएईमा यस अघि नै गैरआवासीय नेपाली संघ(एनआरएन) युएई, राष्ट्रिय समन्वय परिषद,झापाली समाज युएई आदि विभिन्न संघ संस्थाले नेपालका बाढी पिडितहरुको लागि आर्थिक संकलनको अभियान थालिसकेका छन ।

