Aamsanchar

जलेकी महिला बचाउन सहयोग जुट्दै

Author Image
बिहिवार, भदौ १, २०७४

झापा।

आगोमा जलेर घाइते भएर आर्थिक अभावमा उपचार नपाउँदा जीवनमरणको दोसाँधमा रहेकी लक्ष्मी करुवाको उपचारका लागि आर्थिक श्रोत जुट्न थालेको छ ।
झापाको बिर्तामोड निवासी समाजसेवी रामकुमार कन्दङ्वाले गिरी बन्धु टी इस्टेटमा कार्यरत १८ वर्षीया घाइते महिलालाई उपचारका लागि कञ्चनजंघा अस्पताल पु¥याएपछि उनको उपचारमा दाताले स्वतःस्फूर्त रुपमा रकम प्रदान गर्न थालेको बताइएको छ । उनको उपचारका लागि वीरवहादुर दर्नालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको र समितिमा रकम जम्मा हुन थालेको छ ।
उनको उपचारका लागि अन्नपूर्ण सप्लायर्सका सुनील अधिकारीले ५ हजार, वीरबहादुर दर्नालले ५ हजार, किरण थापाले ३ हजार, सोहनलाल राजबंशीले दुई हजार ५ सय, कुमारमणि पोखरेलले दुई हजार ५ सय, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी एक हजार, योगिता खपांङ्गीले २ हजार ५ सय, विजय डालमियाले २ हजार, समिल राईले २ हजार, लक्ष्मण खतिवडाले २ हजार, तुलसी खनालले २ हजार, मनेश दाहालले २ हजार, कृष्ण पौडेलले १५ सय, पदमबहादुर तामाङ (देवराज)ले १ हजार १०, मुकुन्द उप्रेतीले १ हजार रुपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै रञ्जित परियारले १ हजार, गोमा चोङ्बाङले १ हजार, चण्डी अधिकारीले १ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै प्रकाश कुपरीले ११ हजार दिने बचन दिएको बताइएको छ ।

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर