(नरेन्द्र ढकाल)

बिर्तामोड ।


वर्षासंगै आएको बाढीका कारण झापामा २ अर्ब १५ करोड ७ लाख रुपैंयाको भौतिक संरचनामा क्षति भएको छ । झापाका विभिन्न नगरपालिका तथा गाँउपालिकामा भएको क्षतिको विवरण संकलनका लागी टोली परिचालन गरिएको र सम्पूर्ण क्षेत्रको क्षतको विवरण प्राप्त हुन अझै केहि दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत साउन २७ र २८ गते लगातार रुपमा भएको वर्षाका कारण झापामा ठूलो जनधनको क्षति भएको थियो । क्षतिको विवरण संकलन हुने क्रम जारी रहेको र धेरै ग्रामीण सडकहरु भत्किएको तथा पुल, नहर तथा सिचाँई आयोजनाका साथै खानेपानीको पाइप समेत बगाएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

भौतिक संरचना अन्र्तगत सिँचाई डिभिजन अनर्तगत भद्रपुरमा ४१, काइकाई १ तथा जनताको तटबन्ध अन्र्तगत ५ स्थानमा क्षति पुगेको छ भने सडक डिभिजन कार्यालय अन्र्तगत २५ स्थानका सडकहरुका क्षति पुगेको छ । खानेपानीको क्षेत्रमा १९ स्थानमा क्षति पुगेको छ । प्राविधिक तर्फ ५, जलउत्पन्न प्रकोप नियन्त्रणको ९ आयोजनाहरुमा क्षति पुगेको बताइएको छ । यी आयोजनाहरुमा २अर्ब १५ करोड ७ लाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य विभिन्न क्षेत्रको विवरण संकलन गर्ने काम भएरहेकाले अझै बढ्न सक्ने प्रजिअ तिवारलिे बताए ।
उनका अनुसार भौतिक क्षतिको विवरणहरु प्रप्त भएपनि कृषिको विषयमा टोली परिचालन भएको र धमाधम विवरण संकलन भइरहेको प्रजिअ तिवारीले बताए । झापाका क्षक्षिणी क्षेत्रहरु सबैभन्दा धेरै प्रभावित भएको भन्दै प्रजिअ तिवारीले भने– यसपटकको बाढीले दक्षिणी क्षेत्रमा धेरै सताएको छ । धेरैलाई घरबार बिहिन भएको छ कतिको त आफ्न्त गुमाउनु पर्दाको पिडा पनि छ ।
सरकारले राहत वितरणलाई तिब्र बनाएको प्रजिअ तिवारीले बताए । अधिकांश बाढी पिडितहरुलाई ब्यवस्थापनको काम भइरहेको र सरकारले गर्ने निर्णयका आधारमा तथा स्थानीय जनप्रतिनिधिको समन्व्यमा बाढी पिडिको उचित ब्यवस्थापनका लागी जिल्ला प्रशासन कार्यालयले पहल गरिएको उनले बताए ।
बाढीले ६४४ घर भत्कायो :
ऋविरल वर्षासंगै आएको बाढीका कारण झापामा ६४४ वटा घर पूर्णरुपमा क्षति ग्रस्त भएको छन् । त्यस्तै बाढीका कारण १५४१ घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त घरहरुमा क्षति हुदाँ करिब ३४ सय मानिस प्रभावित भएको जनाइएको छ ।
कृषिमा एक अर्ब सात कारोडको क्षति :
बाढीका कारण झापामा कृषि क्षेत्रमा करिब एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ चार लाख ८० हजार र तरकारीबालीतर्फ १२ करोड ६० लाख रुपैंया बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिए ।
बाढीबाट सात हजार २६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ । बाढीले झापाका १५ वटै स्थानीय तहमा क्षति पुगेको जनाइएको छ ।
बिर्तामोड, भद्रपुर, दमक, कन्काई, मेचीनगर, अर्जुनधारा, शिवसत्ताक्षी, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको बताइएको छ । क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।
तराई डुबेपछि तरकारीको भाउ आकाशियो :
अविरल वर्षासंगै आएको बाढीका कारण झापा सहित तराईका जिल्लाहरु डुबानमा परेपछि करोडौं मुल्य बराबरबार तरकारी नष्ट भएका छ । तरकारी नष्ट भएसंगै पूर्वी पहाडी जिल्लाबाट आयत हुने तरकारीको भाउ आकाशिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाबाट झापाको विर्तामोड स्थित कृषि थोक उपज बजारमा विक्रिका लागी ल्याइएका तरकारी महंगो पर्न थालेको स्थानीय हरि भट्टराईले बताए ।
उनले भने–झापामा डुवान हुनुभन्दा अघिसम्म २५ रुपैंया किलोमा पाइने इसकुस अहिले ४० रुपैंया पुग्यो, टमाटर ५० रुपैंया किलोसम्म पर्ने गरेको अन्य तरकारीको भाउ समेत छोइनसक्नु गरेर बढेको उपभोक्ताहरुले बताएका छन् ।
दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु :
गतसाता आएको बाढीमा परी झापामा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु भएको जिल्ला पशस सेवा कार्यालयले जनाएको छ ।
कार्यालयका छवि सुवेदीका अनुसार ४३ लाखको क्षति भएको छ । हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १०५, बंगुर ५६, बोइलर कुखुरा २२००, स्थानीय जातका कुखुरा ३८३ र हाँस ११ वटा मरेको कार्यालयले जनाएको छ ।
क्षतिको विवरण संकलनको कामलाई पनि तिब्रता दिइरहेकाले अझै बढ्न सक्ने जनाइएको छ ।
संक्रमण फैलन नदिन पूर्वतयारी :
बढीका कारण विभिन्न सरुवा रोगको संक्रमण फैलन सक्ने भएको जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न स्थानमा सचेतना फैल्याउका साथै स्थानीय स्वास्थ्य संस्थाहरुलाई निगरानी गर्न आग्रह गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवराज कार्कीले बताए ।
उनका अनुसार दक्षिण झापाका विभिन्न स्थानमा जनस्वास्थ्यको टोली नै गएर स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्यका विषयमा सचेतना फैल्याउने काममा लागेको छ । झापाका सम्पूर्ण स्वास्थय संस्थाहरुमा प¥र्याप्त मात्रामा औषधि रहेको र चिकित्सकहरु समेत तयारी अवस्थामा रहेको कार्कीले जानकारी दिए ।

