भरत शिवाकोटी/युएई,



प्रवासमा रहेका झापालीहरू एकत्रित भएर सामाजिक कार्यमा अग्रसर हुदै झापा भित्रका विभिन्न क्षेत्रमा काम गर्न हालसम्म डेढ दर्जन भन्दा बढी देशहरुमा झापालीहरुको छाता सामाजिक संस्था झापाली समाज गठन गरेर आफ्ना कार्यमा अघि बढिरहेका छन झापा स्थायी घर भएर प्रवासमा रहेका झापालीहरू |
यिनै डेढ दर्जन मध्येको एक हो झापाली समाज यु.ए.ई. जसले सामाजिक क्षेत्रमा अव्वल कार्य गरेर युएईमा रहेका झापालीहरुको मात्र मन जितेको छैन,झापामा रहेका आमजनमानसको समेत मन जित्दै गएको छ |

केहि समय पहिले मात्र प्रवासमा रहेका झापाली समाजहरुको संजालको रुपमा गठन गरिएको अन्तरास्ट्रिय झापाली समाजमा समेत युएईले महत्वपुर्ण भूमिका खेलिरहेको झापाली समाज यु.ए.ई. का प्रवक्ता राम प्रसाद ढुंगेल बताउँछन |
यिनै झापाली समाजहरुको अग्रसरतामा हाल झापाका आधा दर्जन बढी गाउँपालिका तथा नगरपालिकाका विभिन्न स्थानहरुमा ५० लाख भन्दा बढीको राहत सहयोग सयौं बाढीपीडितहरुलाई वितरण गरिएको छ |
स्वेच्छिक सहयोग गर्ने दाताहरुको सानो सानो रकम संकलन गरेर राहत वितरण गरि नसक्दै झापाली समाज यु.ए.ई. लाई भने महिलाहरुको महान पर्व हरितालिका तीजले छपक्कै छोपेको छ |”झापाली समाज युएईको नयाँ सोच, असाहय बालबालिकाहरु का लागी दश लाखको अक्षयकोष” भन्ने मुल नारा सहित गत सालबाट अभियानका रुपमा अक्षयकोषका निमित्त संचालन गरिएको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिँदै समाजले यहि २५ अगस्ट २०१७ मा तिज विशेस सांस्कृतिक कार्यक्रम तय गरेको छ |
नेपलबाट आमन्त्रित रास्ट्रिय स्तरका कलाकार सँगै युएईमा रहेका स्थानीय कलाकारहरुलाई समेत प्रोत्साहन र अवसर दुवै दिनेगरी आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै झापामा रहेका असाहयबालबालिकाहरुको सहयोगार्थ कार्यक्रम तयभएको समाजका अध्यक्ष रोहित कुमार भन्डारीले बताएका छन ।

(तोक्मे बुढा) भनेर चिनिने हाँस्य क्षेत्रका चर्चित कलाकार व्हिलसन बिक्रम राई, युवा पुस्ताका लोकप्रिय गायक टंक बुढाथोकी अर्की गायिका सरु गौतम र नव गायिका एवं डान्सर एलिसा तामाङको विशेस प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने गायक युवा खेलकुद तथा सांस्कृतिक बिभागका संयोजक तथा कार्यक्रम मुलआयोजक समितिका संयोजक पारस लामाले जानकारी दिएका छन |
कार्यक्रमको अन्तिम तयारि लगभग सकिएको जानकारी दिँदै तामाङले युएईका सातवटै राज्यबाट झापालीहरू सँगै नेपालीहरुको बाक्लो उपस्थिति रहने कार्यक्रममा सम्पूर्ण नेपालीहरुलाई हार्दिक आमन्त्रण समेत गरेका छन भने आवतजावतलाई सहज बनाउन यातायातको समेत व्यवस्था गरिएको जानकारी दिएका छन |

मनोरन्जनात्मक र संस्कृतिको जगेर्ना सँग गाँसिएको सांस्कृतिक कार्यक्रम असाहय बालबालिकाको सहयोगार्थ समेत रहेको स्मरण गर्दै झापाली समाज यु.ए.ई. अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष हिमाल अधिकारीले कार्यक्रमलाई सफल बनाउन अहोरात्र लागिपरेको र आफ्नो क्षेत्रबाट लगभग २०० नेपालीहरुको उपस्थिति रहने दाबि गरेका छन |

