Aamsanchar

भाञ्जीलाई अनैतिक क्रियाकलाप गर्ने शिक्षक पक्राउ

Author Image
शुक्रवार, भदौ ९, २०७४

बिर्तामोड।

मिठाइ दिएर अश्लील चलचित्र देखाउँदै भाञ्जीसँग अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सेन्ट जेभियर्स इङ्लिस स्कूलमा कार्यरत शिक्षक बिर्तामोड निवासी अनिल मिजार रम्तेल रहेका छन् । उनलाई प्रहरीले नाबालिका दुई भाञ्जीलाई अनैतिक क्रियाकलाप गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
प्रहरी निरीक्षक जवेगूका अनुसार रम्तेलले मावल बसेर पढ्दै गरेका दुई भाञ्जीलाई एक महिनादेखि पटक–पटक मिठाई दिएर फकाउँदै अश्लील चलचित्र देखाएर शारीरिक शोषण गर्दै आएको उजुरीमा उल्लेख छ । शारीरिक शोषणमा पर्ने दुई नावालिका दिदीबहिनीका छोरी हुन् । उनीहरु मावलमा बसेर बिर्तामोडस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत् छन् ।
सात र साढे सात वर्षीया ती बालिकाले पिसाव पोलेपछि अभिभावकलाई घटनावारे जानकारी गराएका थिए । त्यसपछि अभिभावकले प्रहरीमा उजुरी परेपछि रम्तेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक जवेगूले बताए ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर