Aamsanchar

लिम्बुवानका ३ केन्द्रीय नेतासहित २२को राजीनामा

Author Image
मङ्गलवार, भदौ १३, २०७४

बिर्तामोड ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका तीन जना केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्याग गर्दै आफूहरु स्वतन्त्र भएको घोषणा गरेका छन् ।
बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको विधि र विधानलाई उल्लंघन गर्दै व्यक्तिवादी चिन्तनबाट पार्टी सञ्चालन भई आर्थिक चलखेलको स्रोत बनेको भन्दै पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्य, सचिवालय सदस्य बलबहादुर याम्फू, मणि राई र एलभी केन्द्रीय उपकमाण्डर राम जीमी रहेका छन् ।
त्यस्तै पार्टीको जिल्ला उपाध्यक्ष बबिता राई, प्रथम सचिव गौरीमान राई, अर्थसचिव उमेश उपरकोटी, सदस्य राजु चाम्लिङ, प्रकाश कुरुम्बाङले पनि पार्टीबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा झापा गाउँ कमिटी अध्यक्ष नरेन्द्र आङ्दाम्बे, उपाध्यक्ष वीरबहादुर आङ्दाम्बे, किरण आङ्दाम्बे, सचिव किरण राई, कोषाध्यक्ष गीता आङ्दम्बे, सदस्य शंकर राजवंशी, दुर्गाबहादुर बोहोरा, राजन राई, खिनदेव ताजपुरिया रहेका छन् ।
त्यस्तै राजीनामा दिने बाह्रदशी गाउँपालिकाका सक्रिय सदस्य सरस्वती उप्रेती, रामबहादुर राई, ईश्वरी राई, ताराकुमारी योङ्हाङ र शिक्षक संगठन प्रमुख अमृता राई रहेका छन् । पत्रकार सम्मेलनमा पार्टी परित्याग गर्नेहरुले अबको विकल्प अधिकार तथा मुद्दा प्राप्तिका निम्ति सबै पहिचानवादी शक्तिहरु एकताको केन्द्रमा आउन आवश्यक देखिएको बताएका छन् ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर