Aamsanchar

जहाँ समस्या, त्यही समाधानको खोजी

Author Image
शनिवार, भदौ १७, २०७४

विनोद पाण्डे (कमल)
फोटोपनी

अन्तरक्रिया कार्यक्रमका अतिथिहरु 

चारपाने, भदौ १७ ।  झापा अर्जुनधारा नगरपालिका वडा नं. ५, पानिकल लक्ष्मीपुर क्षेत्रका नागरिकले विगत ४० बर्ष देखि बाढीका कारण बर्षै पिछे भोग्दै आएको पिडा, खेती योग्य जमिनको कटान र भेलबाढीले गाउँ डुवानको  समस्याको कारण बन्ने गरेको विरिङ टाङटिङ नदी नियन्त्रण गर्नको लागी पानीकल वासीले आज अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय देखि केन्दि«य  सरकार र विभिन्न् निकायको  ध्यान आर्कषण गराएका छन ।

नदीको छेउमा बनाईएको  पण्डालमा स्थानियहरु 

स्थानिय संस्था बागेडाँगी विकास केन्द्रले शनिबार विरिङ नदिले कटान गरिरहेको स्थान पानिकल  पस्चिम खोलाको डिलमा सय भन्दा बढी स्थानिय सर्वसाधारण सहित राजनिती दल  संघ संस्थाका प्रतिनिधीलाई उपस्थित गराई सर्व पक्षिय भेला मार्फत नदी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 पण्डाल भित्र बक्ता र श्रोता 

बागेडाँगी  सामुदायिक विकास केन्द्रका अध्यक्ष महेन्द्र अधिकारी (टेकनाथ) को अध्यक्षतामा भएको कार्यक्रममा माननिय सामसद प्रेम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा वडा नं. ४ का अध्यक्ष दुर्गा दाहाल, राप्रपा नगर अध्यक्ष छविलाल लम्साल, नेकपा एमाले अध्यक्ष प्रेमसागर सापकोटा, माओवादी केन्द्र अध्यक्ष देवराज बुढाथोकी, विरिङ जलाधार संरक्षण केन्दि«य अध्यक्ष छविलाल सिवाकोटी, जनताको तटबन्धन कार्यक्रमका ईन्जिनियर रामवालक साह, भूसंरक्षण कार्यालय झापाका नागेन्द्र साह, जिल्ला समन्नयन समिति झापाका अध्यक्ष सोम पोर्तेल, अर्जुनधारा नगरपालिका उपप्रमुख कमला आचार्य, प्रमुख अतिथि गिरीले मन्तव्यको क्रममा नदी नियन्त्रण गर्ने विषयमा आफुहरु गम्भिर रहेको र गुरु योजना बनाएर दिर्घकालिन समाधानको बाटोमा अघिबढनु पर्नेमा जोडदिएका थिए ।

कटान भई रहेको क्षेत्र 

 पटक पटक बाढीको चपेटामा परी धेरै खेतीपाती, बगैचा, घरबार गुमाउदै आएका पानिकल, बागेडाँगी, लक्ष्मीपुर चोक क्षेत्रका बासिन्दाहरु जव बर्षायाम सुरुहुन्छ तव गाउँमा बाढी पस्ने डरले यस क्षेत्रको जनजिवन त्रासमा वित्ने गरेको हुदा अवको बर्षवाट टाङटिङ नदीलाई व्यवस्थित तटबन्धन गरेर ढुक्कले बाच्न पाउने वातावरण मिलाई दिन अन्तरत्रियामा धेरै सर्वसाधारणले स्थानिय सरकार र सामसद प्रेम गिरी सपक्ष अनुरोध गरेका गरेका थिए ।
अन्तरक्रियामा कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल, समाजसेवी नेत्रबहादुर नेपाल, टेकबहादुर बस्नेत, डम्बर धिमिरे, हेमराज खरेल, सकुन्तला घिमिरे, खड्ग चौहान लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन भरत बुढाथोकीले गरेका थिए ।

प्रमुख अतिथि सामसद, प्रेम गिरी  भेलालाई सम्वोधन गर्नुहुदै 

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर