भरत शिवाकोटी/

युएई ,

वैदेशिक रोजगारीको सिलसिलामा लाखौंको संख्यामा खाडी तथा अन्य मुलुकमा श्रमरत नेपालीहरु मध्ये अति नै न्युन व्याक्तिहरुले मात्र आफ्नो कमाइलाई उत्पादनमुलक लगानीमा प्रयोग गरेको पाइन्छ । बाँकि लाखौं व्याक्तिहरु हालसम्म पनि आफ्नो कमाइलाई केवल पारिवारिक खर्च, जग्गा, घडेरी जस्ता कार्यहरुमा नै सिमीत गरिरहेका छन ।
तर यहाँ इच्छाशक्ति हुनु हो भने विदेशमै रहेपनि उत्पादनमुलक कार्यमा काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् खाडी मुलुक युएईमा रहेका नेपालीहरुले । प्रवासी नेपाली मंच युएई को अवधारणा अनुसार उत्पदनमुलक कार्यमा लगानी गर्ने उदेश्यले करिब एक बर्ष अघि स्थापना गरेको ओभरसिज नेपालीज इन्भेस्टमेन्ट कम्पनी आज सफलाता उन्मुख बनेको छ, जसले युएईमा श्रमरत नेपालीहरुको सानो-सानो पुँजीलाई एकत्रित गरि त्यसलाई कम्पनि मार्फत लगानी गर्ने लक्ष्य राखेको थियो ।

यहि कम्पनीले गत १ सेप्टेम्बर २०१७ मा युएईको सारजाहा स्थित स्विसबेल होटलमा आफ्नो प्रथम साधारण सभा सम्पन्न गर्दै थप वृहद लगानीको योजना समेत अघि सारेको छ । प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य, सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको उपस्थिती रहेको उक्त कार्यक्रममा विशेष अतिथी युएईका लागि नेपालका कार्यवाहक राजदुत नेत्र बा. टन्डन अतिथी द्वय गोरक्ष हाइड्रोपावरका प्रबन्ध निर्देशक विश्वनाथ कडेंल, सोहि कम्पनी कि सचिव कविता पोख्रेल रहेका थिए भने ओभरसिज नेपालीज इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष, प्रबन्ध निर्देशकहरु,प्रोमोटरहरु र शेयर लगानीकर्ता नेपालीहरुको साथमा अन्य नेपालीहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रथम चरणमा २०७३/२०७४ मा कम्पनीमा जम्मा भएको करिब ४ करोड रुपैयाँको आर्थिक विवरण वित्तीय निर्देशक नारायण अधिकारीले प्रस्तुत गरेका थिए भने कम्पनीको तदर्थ समितीले धादिङ जिल्लाको सुपर आँखु खोलामा गोरक्ष हाइड्रोपावर कम्पनी मार्फत १० करोडको शेयर लगानी गर्ने निर्णयलाई साधारण सभाले अनुमोदन गरेको थियो । सरकार सँग MOU तथा PPA सम्झौता समेत गरिसकेको गोरक्ष हाइड्रोपावरले करिब ४ अरब ३७ करोड रुपैयाँको अनुमानित लागतमा सुपर आँखु खोलामा २५.४ मेगावाट बिजुली आगामी ६ बर्षभित्र योजना सम्पन्न गरि उत्पादन शुरु गरिसक्ने लक्ष्य सहित काम अगाडी बढाइसकेको छ ।
ओभरसिज नेपालीज इन्भेस्टमेन्ट कम्पनीले लगानी गर्ने रकम मध्ये बाँकि रकमको सुनिश्चितता गर्न बोर्ड अध्यक्ष तथा सदस्यहरुले प्रति ब्याक्ति ५० लाख र प्रोमोटरहरुले प्रति ब्याक्ति २० लाखका दरले लगानीकर्ता अनिवार्य भित्रयाउने निर्णय गर्नुका साथै युएई तथा युएई वाहिर रहेका नेपालीहरुलाई न्युनतम पचास हजार रुपैयाँदेखी पन्ध्र लाख रुपैयाँ सम्मको शेयर आव्हान गर्ने निर्णय गरेको छ ।
साधारण सभाले आगामी २ बर्ष कार्यकाल रहने गरि एल. पी. साँवा को अध्यक्षतामा ७ सदस्य बोर्ड निर्वाचित गरेको छ जसको सदस्यहरुमा श्याम कडेंल, टक बा.गुरुङ, नारायण अधिकारी, विरेन्द्र कार्की, भिम श्रेस्ठ र भेषराज ढकाल रहेका छन ।
दोस्रो चरणको अन्तरक्रियात्मक कार्यक्रममा गोरक्ष हाइड्रोपावरका प्रबन्ध निर्देशक विश्वनाथ कडेंल तथा सोहि कम्पनी कि सचिव कविता पोख्रेल ले गोरक्षको शुरु देखि अन्त सम्मको सम्पूर्ण विषय तथा काम समेटिएको प्रस्तुती प्रोजेक्टर मार्फत उपस्थित नेपालीहरुलाई देखाइएको थियो । सोहि अवसरमा प्रबन्ध निर्देशक विश्वनाथ कडेंल ले लक्षित अवधि भन्दा एक बर्ष अघि नै योजना सम्पन्न गर्ने गरि आफुहरु काममा लागिरहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै ओभरसिज नेपालीज इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष एल. पी. साँवा ले बाबु, छोरा, नाती सम्म निरन्तर विदेश जाने वर्तमान स्थितिलाई रोक्न एवम भविष्यमा आम्दानी हासिल गरिरहने क्षेत्रमा लगानी गरेर मुलुकको सम्रिद्दीको भागीदार हुन अग्रसर युएईमा रहेका नेपालीहरु प्रति खुशी व्यक्त गर्दै आम नेपालीलाई हातेमालो गर्न आग्रह गरेका थिए ।
विशेष अतिथी युएईका लागि नेपालका कार्यवाहक राजदुत नेत्र बा. टन्डन ले प्रवासमा रहेका नेपालीहरुले गरेको लगानी सम्बन्धि काम अति नै सराहनीय रहेको बताउँदै हरेक परिवारले आफ्नो भान्साको तरकारी आँफै उत्पादन गरि त्यो रकम बचत गरे यस्तो लगानी बुढेसकालको साहारा हुने धारणा राखेका थिए । नेपालको भविष्य सुन्दर छ,निराशा हुन जरुरि छैन त्यसका निमित्त हामीले इमानदारिता पुर्वक आफ्नो कर्तव्य पुरा गर्नुपर्छ र जलबिधुत सँगै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गर्न सक्नुपर्छ भन्दै टन्डन ले निर्वाचित ओभरसिज बोर्डका पदाधिकारीहरुलाई प्रवासीहरुको लगानीलाई शिरमा राखेर सफलतामा पुर्याउन शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य, सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ले कुनैपनि काम सानो र ठुलो नहुने चर्चा गर्दै नेपालमा लगानी गरे कमाइ गर्ने अवसर रहेको र त्यसलाई पहिचान गरेर अघि बढन प्रवासमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आग्रह गरेका थिए । नेपालको विकास र सम्रिद्दी नेपालीहरु आँफैले गर्नुपर्नेमा जोड दिदैं पाण्डे ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले त्यसमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए ।
युएईमा रहेका प्रवासी नेपालीहरुले आफ्नै कम्पनी मार्फत लगानी गर्ने कार्यको प्रशंसा गर्दै पाण्डेले गोरक्षका संचालक तथा ओभरसिज नेपालीज इन्भेस्टमेन्ट कम्पनीका संचालकहरुलाई यो कार्यलाई उदाहरणका रुपमा सफल बनाउन आग्रह गरेका थिए । कार्यक्रम ओभरसिज नेपालीज इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष एल. पी. साँवा को अध्यक्षतामा तथा टक बा. गुरुङ र श्याम कडेंलको संयुक्त संचालनमा सम्पन्न भएको थियो ।
सोहि दिन साँझ प्रवासी नेपाली मन्च युएईले दुबई स्थित चौतारी रेस्टुरेन्टमा एमाले कार्यकर्ता तथा शुभेच्छुकहरु सँगको भेटघाटमा समेत पुर्व अर्थमन्त्री पाण्डे ले सम्बोधन गरेका थिए |

