Aamsanchar

पत्रकारीताकाे अाडमा महिलाहरूलार्इ याैन दुर्ब्यवहार गर्ने बराल प्रहरी फन्दामा

Author Image
मङ्गलवार, भदौ २०, २०७४

इटहरी। 

आफुलाई पत्रकार भन्ने र पत्रकारीताको आडमा अरुलाई धम्क्याउदै हिड्ने राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी क्षेत्रका महिलाहरुको उजुरीका आधारमा प्रहरीले बराललाई सोमाबर पक्राउ गरेको हो ।

बरालका बिरुद्ध ५० जना भन्दा बढिको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको छ । बरालले आफुहरुलाई फोन गरेर ‘यौन दुव्र्यवहार ’ गरेको उजुरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बरालले पटक पटक इटहरी क्षेत्रका महिलाहरुलाई राती– राती फोन गर्ने गरेको, श्रीमान श्रीमतीमा झगडा लाइदिएको उजुरी परेको छ ।

इटहरी क्षेत्रमा लामो समयदेखि बस्दै आएका बरालले कुनै बेला आफूलाई फोटो पत्रकार भन्दै परिचय दिने गरेका थिए । केहि समय एभिन्यूज टेलीभिजनमा क्यामरा पर्सनको रुपमा समेत काम गरेका बरालले व्यपारीसँग पैसा असुलेको भन्दै टेलीभिजनले केहि बर्ष अघि निश्कासन गरेको थियो । त्यसपछि इटहरीबाट प्रकासन हुने पूर्वी बजार दैनिकमा प्रबन्धक तथा उप सम्पादकको जिम्वेवारी पाएका थिए । बराललाई एक महिना अघि पूर्वी बजार दैनिकले समेत कामबाट निकालेको सप्पादक प्रेम बाँस्तोलाले बताउनु भयो ।

बरालले पत्रिकामा बिज्ञापन माग्दा समेत व्यपारीलाई धम्क्याउने गरेको गुनासो आउने गरेको थियो । बिज्ञापन दातालाई बिज्ञापन नदिए जे पनि गरिदिने धम्की दिने गरेको चर्चा समेत इटहरी बजारमा थियो । नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य समेत रहेका बरालमाथि यस अघि पटक पटक कुटपीट समेत भएको थियो । तर उनले कहि कतै उजुरी भने गर्ने गरेका थिएनन् । आफूलाई पत्रकार भन्ने अनि धम्क्याउदै हिड्ने बरालका बिरुद्ध उजुरी परेपछि छान बिनकालागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक सञ्जय राउतले बताउनु भयो ।

उहाँले अहिले सम्म ५० जना भन्दा बढिको उजुरी आइसकेको जानकारी दिनु भयो । उजुरी पर्ने क्रम मंगलबार पनि रोएिको छैन । सोमाबर ३० वटा जति उजुरी परेकोमा आज थप २० वटा परेको छ । के भएको हो हामी अनुसन्धानमा छौ राउतले भन्नु भयो –‘अधिकांश उजुरी महिलालाई टेलीफोन गरेर यौन दुव्र्यवहार गरेको भन्ने विषयमा परेका छन् ।

’उहाँले सार्वजनिक अपराध अन्तरगत मुद्या चलाउने तयारी भइरहेको र थप प्रमाण भेटिए अन्य बिषयमा समेत मुद्या चलाइने उहाँले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले यौन दुव्र्यवहार गरेको बिषयमा उजुरी परेकाले अनुसन्धान गर्न महासंघले सहयोग गर्ने बताउनु भएको छ । अपराध गरेको हो भने कारवाही हुनु पर्छ । पत्रकारका नाममा अपराध गर्ने कसैलाई छुट नभएको उहाँले बताउनु भयो ।-पूर्वेली न्यूजबाट साभार

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर