Aamsanchar

झापाका महिला स्वास्थ्य स्वयम्सेवीका बीएण्डसीमा

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

झापाका स्वास्थ्य स्वयम्सेवीकाहरुले जिल्लाका अधिकांश स्थानका महिलामा आङ खस्ने समस्या रहेको बताएका छन् । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले जिल्लाभरका स्वयम्सेवीकाहरुलाई पहिलोपटक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर महिलाका समस्याको विषयमा छलफल गरेको छ ।
झापामा ५२८ जना स्वास्थय स्वयम्सेवीकाहरुको सहभागिता रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेवीकाहरुले महिलामा हुने विभिन्न खालका रोगका बारेमा जानकारी गराएका थिए । शहरी क्षेत्रमा भन्दा पनि गाउँका महिलाहरुमा आङ्खस्ने, स्तन क्यान्सर, पाठेघरको समस्या लगायतका समस्याहरु रहेको तर उनीहरु रोग लुकाउने गरे पनि महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई भने बताउने गरेको जनाए ।
जिल्लाका विभिन्न स्थानमा रहेका महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई बीएण्डसी हस्पिटलले पहिलोपटक एकैथलोमा भेला पारेर स्वास्थ्यको विषयमा कुरा गरेको र हालसम्म यस्तो कार्यक्रम कसैले नराखेको स्वास्थ्य स्वयम्सेवक संघ झापाकी अध्यक्ष बिमला नेपालले बताइन् ।
जिल्लामा रहेका ५२८ महिलाहरुले स्थानीयस्तरका स्वास्थ्य समस्या र चुनौतिका विषयमा खुलेर कुरा राखेका थिए भने बीएण्डसी हस्पिटलका डाक्टरहरुले स्वास्थ्य समस्या र त्यसबाट कसरी जनतालाई सजग बनाउने भन्ने विषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर