[नरेन्द्र ढकाल]
नवदीपले आफ्नो कुरा सुनाए पछि म आफ्नो अविगललाई सम्झेर दिनभरी नै मनलाई भुलाउने प्रयत्न गरिरहेको थिए । अविगल मेरो मुटु हो म बाँच्नजेल सम्म धड्किन्छे भने तर आज त्यही मुटु अस्वथ्य भएको छ ।
आज अविगल मलाई अनेक शंका र उपशंका गरिरहेकी छ । मैले गल्ती नगरेको होइन गल्ती गरे तर सुधार गर्ने बताए पनि दैनिक त्यही कुराले मलाई अविगलले पिडा दिइरहेकी छन् । हो मैले उनलाई माया गर्दा गर्दै पनि कमला र कला संग सामाजिक सञ्जाल फेसबुकमा कुरा गर्थे । अविगल विवहाहित भएकाले उसलाई मैले माया गरेपनि उसलाई म बिहे गर्छु र घरजम हुन्छ भन्ने कहिले सोचिन उ त मेरो माया गर्ने मान्छेमा पर्छे । उसैको मायामा रम्न थाले मैले मेरो सारा दुःख लाई भुलेर उसकै सम्झनामा खुशी भएर बस्ने गर्दै थिए । समय बित्दै गयो ।
भाग–२
उसले मलाई जति माया गर्छे त्यति नै शंका पनि गर्थि उसले भन्ने पनि गरेकी थिइन तेरो कुनै केटी छन् भने भन भनेर तर मैले कसैलाई पनि मेरो जिन्दगीमा ल्याउन चाहेको थिइन् । बास म सोच्थे उसले मलाई माया गर्छे जो मेरो श्रीमतीको दर्जा पाउन आउछे उसले अविगलको जतिको माया कहिल्यै पाउदिन म आज पनि यहि भन्छु भोली पनि यहि भन्छु । तर कमलासंगको मेरो चिनजान धेरै लामो होइन । उसंग एक पकट मात्र भेटेको छु यो कुरा पनि मैले अविगललाई भने । उसले भन्ने गर्थि कस्तो केटी हेरेको त्यो त म भन्दा पनि बुढी देखिन्छे बिहे गरेपनि उ भन्दा त म नै राम्री छु । उसको कुरा ठिक हो । अविगल बिहाहित भएपनि सुन्दरतामा कुनै युवती भन्दा कम छैन् ।
यसरी हाम्रो सम्बन्ध अघी बढी हरेको थियो । त्यस बखतमा मैले कमलासंगको बोल चाललाई कम गरिसकेको थिए । तर कला मसंगै पढेकी साथी भएकीले उसंग भने बोलचाल भइरहेको थियो । मैले उसलाई आई लभ यु पनि भनेको थिए तर मैले उसलाई मन पराएर है के भन्छे भनेर जाँच्न खोजेको थिए । उसले नो भनेर मलाई भनेकी थिई तिमीसंगको सम्बन्ध साथीको मात्र हो । तिमी एउटा असल साथी हौं भन्थी मैले पनि तिमीलाई जिस्काएको मात्र भनेको थिए । तर एक दिन अचानक अविगल मलाई भेट्न मेरो कोठामा आई अनि मेरो मोबाई चेक गरि त्यहाँ कमला र कला संगको संम्बाद हेदौ उ मुर्छित भई ।
मैले त्यस्तो नराम्रो हैन भनेर अनेक विश्वास दिलाउने प्रयत्न गरे । तर मलाई उसले विश्वास गरिन् । उ पनि रोई म पनि रोए । मलाई उसले केही नभने पनि उसका अनुहारले मलाई घृणा गरिरहेको थियो तर मैले उ भन्दा अरु कसैलाई माया गरेको थिइन् । फेसबुकमा बोल्नु त हो भनेर मैले आई लभ यु भनेका शब्दले उसको मुटुमा चोट पुगेछ । त्यो स्थानमा म हुनु हो भनेपनि त्यो हुन्थ्यो होला मैले महशुस गर्न थाले हामी एकै छिनमा कोठाबाट आ–आफ्नो तर्फ लाग्यौं ।
म पनि अफिस गए भने उ घर गई कोठाबाट निस्कनु अघि उसले कोठामा नमस्कार गर्दै भगवनालाई जपि के भनि त्यो त म भन्न सक्दिन तर मसंग कहिल्यै नभेट्ने र कोठामा कहिल्यै नआउने कसम खाएकी हुनुपर्छ मैले त्यो देख्दा मेरो मुटु गाँठो प¥र्यो तर आफुलाई सम्हालेर हिडे । अनि म अफिसमा पुगेर आफ्नै काममा ब्यस्त थिए । मैले फेसबुकमा कति बेला पुग्यौं घर भनेर मात्र के भनेको थिएँ ।
उसले आजबाट तँ मरिस अब तेरो अनुहार हेर्दा पनि डर र घिन लाग्न थाल्यो भनि मैले उसका म्यासेज हेरे मात्र उसमा झन आक्रोश बढी रहेको थियो । उसले मलाई के के भनी भनी आज पनि ति कुरा सम्झदा मुटुमा दुख्छ र आखाँ रसाउछ । तीन दिन सम्म रुवाबासी भयो उ उता मुर्छित पर्थी भने म यता जिउँदो लास झै भएको थिएँ । अफिसमा सबैले सोध्ने गर्थे के भयो सर भने तर म उनीहरुलाई हाँसेर हैन मलाई केही भएको छैन अलिक अस्वस्थ्य छु भनेर भन्थे । शारिरीक रुपमा मलाई कुनै बिराम नभएपनि मानसिक रुपमा म विछिप्त थिए । विर्तामोडमा म एक्लो थिएँ । जब उसको साहारा पाएको थिएँ तब सबै थोक थियो म संग जब उससंगको साथमा दरारपन आउथ्यो तब मेरो केही थिएन् ।
सबैसंग हासेर बोले पनि मन रोई रहेको थियो । वनको डडेलो देखिए पनि मनको डडेलो देखिन्न भन्थे हो रैछ । न खान म लाग्छ न त भोक नै लाग्छ दिन दिनै शरिर पनि शिथिल बन्दै गएको थियो । भेट पोल्ने समस्याले सताउन थालेको थियो । उनीहरु बीचको सम्बन्ध जति बलियो थियो शंका र उपशंका पनि त्यत्ति नै बलियो भन्दै गएको थियो । भनिन्छ– जती नै झगडा गरेपनि चोखो र साँच्चोमा भगवानको पनि केहि लाग्दैन् । उनीहरुको सम्बन्ध अझै पनि चलिरहेको छ थप अर्को भागमा । http://aamsanchar.com/news/2016/12/31/16699.html