Aamsanchar

दलाल मार्फत कुवेतमा बेचिएकी बिस्मिता घर फर्किन्

Author Image
शनिवार, असोज ७, २०७४

मेचीनगर ।

कुवेतमा घरेलु हिंसाबाट पीडित बनेकी मेचीनगर–९ की २४ बर्षिया बिस्मिता दर्जीलाई शनिबार नेपाल ल्याईएको छ । बिस्मिताका पति नरेन्द्र दासले उनी घरेलु हिंसामा परेको गुनासो गरे पछि बिस्मिताका बारेमा बिभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गरे पछि बिस्मितालाई उद्धार गरेर आज भारतिय बाटो प्रयोग गरी नेपाल ल्याईएको हो ।

बिस्मितालाई कुवेत पठाउन सहयोग गरेकी मेचीनगर–९ की जनप्रतिनिधि मिना कामीकै सहयोगमा उनलाई आज अपरान्ह काकँरभिट्टा ल्याईपु¥याईएको हो । ईलाका प्रहरी काकँरभिट्टामा मिना कामीले नगरका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सहितको उपस्थितिमा बिस्मितालाई उनका पति नगेन्द्र दासको जिम्मा लगाएकी हुन् । यस अघि बिस्मिता समस्यामा परे पछि सहयोगी कामीले १५ दिन भित्र बिस्मितालाई सकुशल घर फर्काइदिने भदौ २५ गते बिस्मिताका बुवा राजकुमार दर्जी र पति नगेन्द्र दाससंग प्रतिबद्धता गरेकी थिइन् ।

नेपाल सरकारले महिला कामदार पठाउन प्रतिबन्धित गरेको भए पनि भारतिय बाटो प्रयोग गरी ९ महिना अघि कुवेत पु¥याईएकी बिस्मिताका बारेमा समाचार प्रशारण प्रकाशन भए पछि राष्ट्रिय मानवअधिकार आयोग सहित बिभिन्न संघ संस्थाको ध्यानाकर्षण भएको थियो ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर