Aamsanchar

बीएण्डसीद्धारा १५ लाखबढीलाई सेवाप्रदान

Author Image
आइतवार, असोज ८, २०७४

बिर्तामोड ।

झापाको विर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले तीन वर्षको अवधिमा १५ लाख बढीलाई सेवा प्रदान गरेको छ । २०७१ साल फागुन १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अस्पतालले लाखौंको उपचार गरेको हो ।
अस्पतालले तीन वर्षमा ३५ हजार भन्दा धेरैको सफल शल्यक्रिया गरेको छ । भने तीन हजार भन्दा धेरैको न्यूरो शल्यक्रिया गर्न सफल भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
बडा दशैं, शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान सहितआइतबार गरिएको कार्यक्रममा अस्पतालले गरिब तथा विपन्न बर्गहरुलाई १२ करोड रुपैंया बराबरको छुट दिएको कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए । ८२ जना दक्ष चिकित्सक रहेको बीएण्डसी २७ लाख मेची अञ्चलबासीको साझा सम्पत्ति भएको बताइएको छ । अस्पतालले ओपिडीबाट विशेष सेवाबाट ८ लाख भन्दाबढीले सेवा प्रप्त गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
निकै ठूलो संर्घषबाट निर्माण गरिएको अस्पताललाई सबैले संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे । अस्पतालले जटिल शल्यिक्रियाहरु समेत सफल रुपमा गरेर जनालाई आफ्नै देशमा सेवा र सुविधा प्रदान गरेको कार्यकारी निर्देशक प्रसाईंले बताए । झापामा सबैभन्दा धेरै राजश्व बुझाउने अस्पतालको रुपमा समेत बीएण्डसी हस्पिटल सम्मानित भइसकेको छ ।
तीन वर्षको अवधिमा सबैको मन जित्न सफल बीएण्डसी टिचिङ हस्पिटलले सात सय कर्मचारीलाई रोजगारी दिन सफल भएको छ । अस्पतालले अर्थो, न्यूरो, नाक कान घाँटी,क्यान्सर, बालरोग, जनरल सर्जन, स्त्री तथा प्रसुती, ओरल तथा म्यागजिलो, फेसियल,छाला तथा यौन रोग, युरोलोजी, साइक्यट्री, आँखा, दन्त आदी विभागबाट सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक प्रसाईले बताए ।
आस्पतालले नेपालमा नै पहिलो पटक ५० शैययाको आईसियु सञ्चालनमा आएको समेत जनाइएको छ । केही महिना भित्रै ओपन हार्ट सर्जरी, हेमो डाइलाईसिस,पूर्वाञ्चल क्यान्सर हस्पिटल लगायतका विभिन्न सेवाहरु समेत सञ्चालनमा ल्याइने जनाइएको छ ।

बीएण्डसी हस्पिटललाई मेडिकल कलेज मात्र नभई विश्वविद्यालयको रुपमा विकास गर्नका लागी पहल गर्नुपर्ने भन्दै हाल गोविन्द केसीका कारण हस्पिटलले सम्बन्धन नपाएको भन्दै प्रसाईले सबै पत्रकार तथा आम मेची अञ्चलबासीलाई बीएण्डसी हस्पिटलको विषयमा आवाज उठाईदिन आग्रह गरे । दशैं तिहार तथा छठ पर्वमा पनि अस्पताल २४ सै घण्टा सञ्चालनमा आउने जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर