Aamsanchar

बाढी पिडित ४० घर परिवारलाई जस्तापाता वितरण

Author Image
मङ्गलवार, असोज १०, २०७४

विनोद पाण्डे(कमल) 

चारपाने असोज,१० । गैर आवासिय नेपाली संघ मेड्रिड (स्पेन)को सहयोगमा प्राप्त रकमवाट झापाको अति बाढी प्रभावित क्षेत्र मानिएको झापा गाउपालिकाका ४० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
सहारा नेपाल साकोसको आयोजनामा भएको जस्तापाता वितरण कार्यक्रममा संस्थालाई प्राप्त रकममा थप गरी ५ लाख मुल्य बरावरको जस्तापाता वितरण गरिएको हो ।

सहारा नेपाल साकोसका विपद व्यवस्थापन उपसमितिका संयोजक सोमनाथ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बाढी पिडितहरुलाई झापा गाउपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्ती बुढाथोकी, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, गाउपालिका वडा नं. १ का अध्यक्ष राजकुमार यादव र  विपद व्यवस्थापन उपसमितिका सदस्य हेमकुमार खड्काले जस्तापाता वितरण गर्नु भएको थियो ।

सो अवसरमा वोल्दै गाउपालिका अध्यक्ष साहले बाढी प्रभावित बस्तीमा पुनस्थापनाका लागि घर निर्माणमा सहारा नेपालले सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले गैर आवासिय नेपाली संघ मेड्रिड (स्पेन)ले बाढी पिडितहरुको स्थाई बसोबासकालागि सहयोग गरेकोमा धन्यवाद दिदै संस्थाले झापा, मोरङ र सुनसरीका २ हजार परिवारलाई पुर्नस्थापनाकालागि अस्थाई घर निर्माणमा सहयोग गरिरहेको  जानकारी दिनु भयो ।

उहाले मोरङको पुष्पलाल चोकमा २८ परिवारलाई घर निर्माण गरिएको बताउदै संस्थाले बाढी पिडितकालागि २५ लाखको राहत कोष स्थापना गरि कार्य गरिरहेको बताउनु भयो ।सोही कार्यक्रममा सहारा नेपाल साकोसको झापा सेवा केन्द्र अन्तरगतका मृतक शेयर सदस्यहरु धनमाया र्घोसाईने र पार्वती राजवंशीको परिवारलाई २५–२५ हजारका दरले संस्थाको तर्फवाट राहत नगद स्वरुप रकम प्रदान गरिएको थियो ।

\

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर