Aamsanchar

बोलेरो दुर्घटनामा ६ को मृत्यु, ११ जना घाईते

Author Image
मङ्गलवार, असोज १०, २०७४

काभ्रे: 

काभ्रेको रोशी गाउँपालिका–३ शिखर आम्बोटेस्थित निङगालेमा मंगलबार भएको बोलेरो दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु हुनुका साथै ११ जना घाईते भएका छन्।

बिहान बनेपाबाट डाँडापारी जाँदै गरेको बा १४ च ९५५६ नम्वरको बोलेरो सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सहकुल बहादुर थापाका अनुसार मृत्यु हुनेहरुमा महाभारत गाउँपालिका २ का बर्ष ३५ की खेलीमाया बल, सोही स्थानका बर्ष २० की पुतलीमाया बल, बर्ष २२ की म्हेन्दोमाया जिम्बा, बर्ष २७ की मनिशा मोक्तान, बर्ष १९ की कुमारी जिम्बा रहेका छन् भने एक जना पुरुषको शनाखत हुन बाँकी छ।

एसपी थापाका अनुसार एक जना बर्ष ८ की कृष्टिना मोक्तान हराइरहेकी छिन्। घाईतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। १७ जना यात्रु रहेको उक्त बुलेरो कच्चि बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ। रिजर्भमा लगिएको बोलेरो दुर्घटना भएको स्थानीयले बताएका छन्।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर