Aamsanchar

मेलामा फेला परेका दृष्य ( फोटो फिचर )

Author Image
बिहिवार, असोज १९, २०७४

झापाको बाह्रदशी गाउ“पालिका वडा नं ५ फुलबारीमा यस बर्ष पनि भव्यताका साथ मेला सम्पन्न भएको छ । 

बर्षेनी रुपमा फुलबारी चोकमा रहेको दुर्गा मन्दिर संचालनार्थ मन्दिर समितिले प्रत्येक बर्ष दशैको अन्तिम दिन आयोजना गर्दै आएको मेलामा यस बर्ष १ लाख ५० हजारको हाराहारीमा मानिसहरु मेला भर्न आएको मेला आयोजक समितिका अध्यक्ष रामकुमारसिंह राजवंशीले बताएका छन ।
झापा जिल्लाकै ठुलो मेलाको रुपमा चर्चा पाएको फुलबारी मेलामा झापा लगायत मोरङ,सुनसरी, सिराहा, इलाम र भारत सिमावर्ती क्षेत्र पानीटंकी, डिगलबैक लगायतका ठाउवाट पनि मेला भर्न सर्वसाधारणहरु आउने गरेको मेला आयोजक समितिका सचिव मित्रबहादुर खड्काले जानकारी दिए ।
पहिले पहिले विषेशगरी राजवंशी र सन्थाल समुदायको मात्र बाक्लो उपस्थिती देखिने मेलामा पछिल्लो बर्षयता मुसलमान, जनजाती र आर्यन समुदायहरु पनि उत्तीकै मात्रमा मेलाभर्न आउने गरेको मेला समिति उपाध्यक्ष देवनाथ खरेल बताउछन ।
स्थानिय उत्पादन कृषिजन्य पदार्थ, हस्तकला, खानेकुरा, खेलाउने बस्तुको मुख्य व्यापार हुने मेलामा साना ठुलागरी १ हजार व्यापारीले व्यापार ल्याउने गरेको समितिले बताएको छ । मेला लगाउने ३ बिघाह क्षेत्रफल कमी भएकोहुदा अधिकांस मेलाको जमघट सडकमै हुने गर्दा आवगमनमा भने अतिनै कनिठाई देखिएको छ फुलबारी मेलामा ।

तस्वीरहरु : विनोद पाण्डे(कमल)/आमसंचार

म र मेरो राष्ट्र

आमाको सम्मान 

संगितमा संगत हुनु राम्रो

माछा अर्गानिक खाउँ

जनताको खुशीमा सामेल,  राप्रपा महामन्त्री नेता राजेन्द्र लिङदेन, चेक सर्टमा।

ढोल किन्ने पैसा छैन, यस बर्ष टिन नै ठोक्छु ।

म र हामी भन्दा माथी  राष्ट्रियता 

आफ्नो बाल्यकाल सम्झेर  धेरैले किन्छन होला खेलौना 

मौकामा चौका, व्यापारमा महिला 

माग्छु म कला देखाएर : बहुरुपी 

सिक्ने अव मेरो पालो : सन्थाल बालक

पुर्खाको विडो थाम्नु छ हामिले, सन्थाल बालकहरु नृत्य सिक्दै

आफ्नो पहुचमा आएको प्रविधी प्रयोग गर्दै एक आदिवासी महिला ।

कला र संस्कृतीका धनी सन्थाल समुदाय 

मेलाको कोशेली 

गर्मी कम हुन्छ की ।

राजवंशी समुदायको मौलिक बाजा, हुन छाडयो साझा,  जर्गेना गर्नु छ ।  

राखौ ठाउँ छैन, बोकेरै व्यापार 

डर हराउन भएपनि, खेल्नै पर्यो पिंङ

सडक नै यती भिड मेला क्षेत्र कस्तो होला ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर