बिर्तामोड ।

हर्ष र उमङ्गका साथ मनाइने विजया दशमी धेरैका लागि सुखद् बन्यो । धेरैले आ– आफ्ना मान्यजनबाट आर्शीवाद थाप्दै टीका लगाए । तर,झापाको अर्जुनधारा नगरपालिका – ११ तीनपैनी निवासी शिवाकोटी परिवारको भने यस वर्षको दशैं शोकमय बन्यो । टीका लगाउन जान अघि जुत्ता लिन हिडेको छोरा लक्ष्मण घर नर्फकिएपछि वद्री शिवाकोटीको यो वर्षको दशैं दशैं नभई एकाएक दसामा परिणत भयो ।
शिवाकोटीका ११ वर्षीय छोरा टीकाको दिन विहान बिर्तामोड –५ स्थित सुधीर पोख्रेलको घरमा मनिष थापाको जुत्ता लिन गएका थिए । लक्ष्मण र मनिष नातामा मामा र फुपुका छोरा हुन् ।टीकाको दिन लक्ष्मणकी आमाले लक्ष्मणलाई काका विष्णुप्रसाद शिवाकोटीको घरमा छाडेर टीका लगाउन माइतीघर दुहवी गएकी थिइन् । सोही समयमा मनिषसंग उनी जुत्ता लिन पोख्रेलको घरमा साइकलमा मनिषसंग गएका थिए ।

मनिषको वुवा विदेशमा रहेकाले उनलाई सुधीर पोख्रेल मार्फत जुत्ता पठाएपछि मनिषले जुत्ता लिन लक्ष्मणलाई लिएर गएको उनका काका विष्णुप्रसादले बताए । जुत्ता लिन हिँडेको भतिजो राति अवेरसम्म नआएपछि शिवाकोटी परिवारमा हल्लीखल्ली मच्चियो । टीकाको दिन शिवाकोटी परिवारमा मात्रै होइन उनका छरछिमेक र साथीभाईको घर घर चाहारे लक्ष्णलाई खोज्न शिवाकोटी परिवार । रातिसम्म लक्ष्मणको अत्तोपत्तो नलागेपछि शिवाकोटी परिवारले प्रहरी गुहारो । प्रहरीले पनि लक्ष्मणलाई फेला पार्न सकेन ।
जुत्ता लिन पोखरेका घरमा गाएको भतिजो त्यही साइकल छाडेर वेपत्ता भएपछि शिवाकोटी परिवार पटक पटक पोख्रेलको घरमा गइरहे । राति नौं वजेमात्र पोख्रेल परिवाको ढोकामा लगाइएको ताला खुल्यो र लक्ष्मण अघिनै घर गएको खवर पायो शिवाकोटी परिवारले ।घरमा कोही नभएको बहाना गर्दै पोखरेलको घरमा लगाइएको ताला राति मात्रै खुल्यो मृतकका काका विष्णु शिवाकोटीले भने –‘ हामीलाई राति मात्रै पोखरेल परिवारले भतिजो घर गएको जानकारी गरायो ।

साइकल लिएर हिँडेको भतिजो घर गएको भए किन साइकल चाँही उही छाड्थ्यो भन्दै शिवाकोटीले भने– भतिजो पोखरेलको घरमा खेल्ने क्रममा लडेको र वेहोस भएपछि अस्पताल लानुको सट्टा उसलाई लुकाइयो हामीलाई ऊ संगै आएको मनिषले भनेको छ ।’टीकाको दिन हराएको लक्ष्मण नभेटिएपछि रातभर लक्ष्मणको खोजी भयो ।
भोलिपल्ट विहान बिर्तामोड–१ स्थित वैशावाडीमा खाल्डोमा जमेको पानीमा डुवेको अवस्थामा उसको शव फेला प¥यो । शवको प्रकृति हेर्दा ऊ डुवेर मरेको होइन कसैले हत्या गरेर फ्याकेको प्रष्ट हुन्थ्यो शिवाकोटीले भने –‘ उसको टाउको र शरीरका विभिन्न भागमा गहिरा चोट थिए, शव पानीवाट वाहिर निकाल्नसाथ टाउकोवाट ह्वालह्वाल्ती रगत बग्यो ।’
भतिजाको मृत्यु रहस्यमय भएको वुझेपछि शिवाकोटी परिवारले मेची अञ्चल अस्पतालमा पोष्टमाटमका लागि शव पु¥यायो । शवको पोष्टमाटमका क्रममा गहन अनुसन्धान गर्न भनेपछि त्यहाँ सिनियर चिकित्सक नभएको भन्दै मेची अञ्चल अस्पतालले उनको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो ।
धरानमा वालकको शव पोष्टमार्टमा सम्लग्न चिकित्सक र धरानमा रहेका डीएसपी रामेश्वर पौडेलले वालकको मृत्यु डुवेरमात्र नभई संकाष्पद भनेपछि शिवाकोटी परिवारले थप आशंका ग¥यो । शवको दाह संस्कारपछि शिवाकोटी परिवारले पोखरेल परिवारका ८ जना विरुद्ध वालकको हत्यामा सम्लग्न भएको भन्दै किटानी जाहेरी दिएको छ । किटानी जाहेरी दिएको तीन दिन बित्दा समेत उनीहरलाई पक्राउ गरी कारवाही नगरेको भन्दै मृतकका आफन्त र सर्वसाधारणले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा सम्लग्नलाई कानूनी कारवाहीको माग गरेका छन् । उनीहरुले दवावमा प्रहरीले प्रभावकारी काम नगरेको आरोप समेत लगाए ।
बिर्तामोडस्थित विनायक होटलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै मृतकका मामा हेम पौडेलले वालकको हत्यारा पत्ता लगाएर कारवाही नगरेसम्म आफूहरुले न्यायिक आन्दोलन नरोक्ने बताए । पाँचदिन भित्र वालकको हत्यारा पत्ता लगाउन नसके प्रहरी विरुद्ध जस्तोसुकै आन्दोलन गर्न समेत आफूहरु पछि नपर्ने पौडेलले बताए । पत्रकार सम्मेलनमा उनीहरुले वालकको डुवेर मृत्यु भएको नभई हत्या भएको र घटनाको ढाक छोपमा प्रहरी नै उद्धत रहेको आरोप लगाए । किटानी जाहेरी दिन जाँदा समेत प्रहरीले किटानी जाहेरी दर्ता नगर्नु र किस्ता – किस्ता गर्दै पोख्रेल परिवारका सदस्यलाई पक्राउ गर्नुले पनि प्रहरीले दवावका कारण काम नगरेको भन्दै आक्रोश पोखे ।
पोखरेल परिवारलाई नै किन किटानी जाहेरी ?
लक्ष्मण र मनिष थापा घरबाट निस्किएको २४ घण्टापछि असोज १५ गते आइतबार बिहान लक्ष्मण चारपानेको ठाकुर मन्दिरदेखि २ सय मिटर पूर्वको खाडीमा शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा मृत फेला परे । समयमा टीका लगाउन घर नगएपछि लक्ष्मणको खोजी सुरु गरिए पनि भोलिपल्ट मात्रै उनी मृत फेला परे । लक्ष्मण उक्त खाडीमा गोलीगाठोभन्दा तलको भाग मात्र डुबेको र उभिएको अवस्थामा फेला परेका थिए ।
दुबईमा रहेका मनोज थापाले पठाइदिएको जुत्ता लिन लक्ष्मण मनिषको साथी गएका थिए । साथीको रिमोटबाट चल्ने हेलिकोप्टर मस्तिष्कमा लागेर लक्ष्मण सोफामा बेहोस भएर ढलेको पीडित परिवारको दाबी छ । उनी बेहोस भएपछि उपचारको सट्टा पोखरेल परिवारले लक्ष्मणलाई लुकाएको भन्दै प्रहरी समक्ष किटानी जाहेरी दिएका हुन् । उनीहरुले प्रयोग गरेको साइकल सुरेशको घरमा टीकाका दिन राति ९ः३० बजे भेटिएको थियो ।
लक्ष्मण समयमा घर नफर्किएपछि नातेदार गायत्रा थापाको मोबाइल नम्बर ९८०६०७८४६५ मा सम्पर्क गरिएको थियो । सो सम्पर्कमा गायत्राले लक्ष्मण घरबाट हिँडिसकेको खबर गरेकी थिइन् । उक्त नम्बरमा बिहान ११ः३०बजे सम्पर्क गरेर आफूहरुले जानकारी लिएपछि टीका लगाएको र दिनभर टीका थाप्न व्यस्त भएकोले दिउँसो ४ः३० बजेबाट लक्ष्मणको पुनः खोजी सुरु गरिएको काका विष्णुले बताएका छन् ।
स्थानीय हिमाली बोर्डिङ स्कूलको कक्षा–४ मा अध्ययनरत लक्ष्मण उक्त दिन कालो हाफपेन्ट, निलो भेस्ट र चप्पलमा घरबाट निस्किएका थिए । ‘मैले कुनै दुर्घटना परेर अस्पतालमा गयो कि भनेर बिर्तामोडका सबै अस्पताल चहारेँ’, काका विष्णुले भने– ‘तर, भतिज कहीँ फेला पर्न सकेन, गाउँका साथीसँग हारगुहार गरेर खोजी गरिरहेँ ।’
लक्ष्मणलाई खोजी गर्न उक्त दिन साँझ ७ बजेदेखि विष्णु, राकेश बस्नेत, विशाल कोइराला लगायतका स्थानीय खटिए पनि पोखरेल परिवारले खासै चासो नदेखाएको विष्णुले दाबी गरेका छन् । मृत भेटिएका लक्ष्मणको अण्डकोष, कान, पाखुरामा चोट लागेको थियो । चल्नीबाट रगत बगेको तथा पैताला पानीमा डुबरे सेतो भएको अवस्थामा फेला पारिएको विष्णुले बताए ।
हराएकै दिन प्रहरीलाई शिवाकोटी परिवारले मौखिक जानकारी गराएको र खोजी कार्यमा आफूहरु खटेको विष्णुको भनाइ छ ।
मृतक लक्ष्मणका बुबाआमा दुवै जना सुस्त मनस्थितिका रहेको र घटनाका बारेमा आफूले नै अग्रसरता लिएर काम गर्नु पर्ने बाध्यता रहेको काका विष्णुको भनाइ छ । विष्णुले भतिजको हत्याको घटनालाई दबाउन र पानीमा डुबेर मृत्यु भएको देखाउन खाडीमा लगेर हालिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले ‘मृत्यु भएको मानिस कसरी ठिङ्ग उभिएको अवस्थामा हुन्छ पत्रकार सम्मेलनमा उल्टै प्रतिप्रश्न गर्दै भने–‘ लक्ष्मणलाई मारेरै खाडीमा फालिएको हो यसमा अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सहयोग गरिदिन म नागरिक समाज, वुद्धिजीवी, स्थानीय प्रशासन, पत्रकार लगायत सवै समक्ष अपील गर्छु ।
किटानी जाहेरी दर्ता गर्न लाग्दा डीएसपी विदामा
लक्ष्मणको डुवेर मृत्यु नभई हत्या गरेर पानीमा फालिएको भन्दै शिवाकोटी परिवारले प्रहरी समक्ष पोखरेल परिवार विरुद्ध किटानी जाहेरी दिन लाग्दा डीएसपी राजकुमार सिलवाल बिदामा बसेका छन् । विदामा रहेका डीएसपीले प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टलाई टेलिफोन मार्फत किटानी जाहेरी दर्ता नगर्न भन्दै मृतकका काका विष्णुसंग प्रहरीकै टेलिफोनबाट कुराकानी गरेपछि त्यसको विरोधमा मृतकका आफन्त र सर्वसाधारणले इलाका प्रहरी कार्यालय घेराउ गर्दै बिर्तामोडमा प्रर्दशन समेत गरे । सर्वसाधारणको चर्काे दवाव पछि प्रहरीले पोखरेल परिवार विरुद्ध परेको किटानी जाहेरी दर्ता गरेको छ । पोखरेल परिवार विरुद्ध दर्ता गरिएको किटानी जाहेरीको दर्ता नम्वर १०१ हो ।
डिएसपी सिलवालसँग टेलिफोनमा सल्लाह गरेर प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले घटनाका विषयमा बेवास्ता गरेको पीडित परिवारको आरोप छ ।शिवाकोटी परिवारले लक्ष्मणको मृत्यु आकस्मिक घटना नभइ कर्तव्य भएको दाबी गर्दै आएको छ । जाहेरी दिन इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका सयौँ स्थानीयले प्रहरीले गम्भीर अनुसन्धान नगरे परिणाम राम्रो नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘यस्तो केशमा जाहेरी लिनुभन्दा अघि हामीले माथि पनि सरसल्लाह गर्नुपर्छ,’ बिर्तामोडका एक प्रहरीले भने– ‘माथिबाट कुरा त्यस्तै आएकोेले सुरुमा जाहेरी नलिइएको हो ।’ स्थानीयबासीले लक्ष्मणको हत्याको घटनालाई दबाउन र पानीमा डुबेर मृत्यु भएको देखाउन खाडीमा लगेर हालिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । लक्ष्मणका काका शिवाकोटीले सुरेश पोखरेलसहित आठ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । शिवाकोटी परिवारले मन्दिरा, सन्तोष, बेनु, समिर, राधिका, सुधिर र स्मृति पोखरेल सहित आठ जनालाई किटानी जाहेरी दिएका हुन् ।
तीन किलोमिटर टाढा कसरी पुगे लक्ष्मण !
जुत्ता लिन आएको पोख्रेलको घर र लक्ष्मण मृत भेटिएको ठाउँको दूरी झण्डै तीन किलोमिटर टाढा छ मृतकका काका शिवाकोटीले भने–त्यत्रो वच्चा यति टाढा कसरी पुग्यो आफैं आश्चर्यको कुरा छ । ऊ डुवेको खाडल न त गहिरो छ न छ पौडी खेल्न लायक नै छ यदि पौडी खेल्दा डुवेको भए उसको एउटा अण्डकोष कसरी निष्कन्छ,चल्नी कसरी फुट्छ, कसरी शरीरका विभिन्न भागमा गहिरा गहिरा चोट लाग्छ र डुवेको मान्छेले पानी किन निलेन यो नै रहस्यमयछ । भतिजाको पोष्टमाटम गर्दा चिकित्सकले वच्चाको पेटमा पानी नभएको बताएका छन् । डुवेर मरेको मान्छेको पेटमा पानी हुन्छ उसले पानी खाएको हुन्छ तर भतिजाको पेटमा एक थोपा पनि पानी नभेटिनुले पनि उसलाई कतव्र्य गरी मारेर खाडीमा फालिएको हो ।
अनुसन्धान हुँदैछ –प्रहरी
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानका लागि तीन जनालाई नियनत्रणमा लिएको र अनुसन्धान भइरहेकाले घटनाका बारेमा सबै कुरा खोल्न नमिल्ने बताए ।

