Aamsanchar

पत्रकार उपचार कोषलाई गिरीले दिए ७६०००

Author Image
आइतवार, असोज २२, २०७४

बिर्तामोड।


नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ७६ हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त रकम प्रदान गरेका हुन् । व्यवसायी तथा समाजसेवी गिरी कञ्चनजंघा क्रसर उद्योग तथा कञ्चन निर्माण सेवाका सञ्चालक हुन् ।
पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरी र उपाध्यक्ष भीमा शिवाकोटीलाई आज आइतबार गिरीले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ ।

दाता गिरी क्रसर व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्य, निर्माण व्यवसायी संघ झापाका सल्लाहकार र परिवार नियोजन संघ झापाको सचिव समेत रहेका छन् । पत्रकारहरु बिरामी, घाइते हुँदा चन्दा माग्नु नपरोस भनी दीगो सोचका साथ कोष स्थापनाका लागि महासंघले सञ्चालन गरेको अभियानको गिरीले प्रशंसा गरेका छन् ।
पत्रकारको हितका लागि उक्त रकम प्दान गरेकोमा महासंघको टोलीले गिरीप्रति धन्यवाद ज्ञापन गरेको छ । एक करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ स्थापित कोषमा हालसम्म ३० लाख रुपैयाँ बढी जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीले बताए ।

पत्रकार महासंघले उद्योगी, व्यवसायी,सहकारी,वैंक, संघ–संस्था ,विद्यालय, सवै क्षेत्र र पक्षलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक पटकका लागि पत्रकार उपचार कोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर