Aamsanchar

स्वास्थ्यकर्मीको अधिकार नखोस्न सिएमए संघ झापाको चेतावनी

Author Image
आइतवार, असोज २२, २०७४

बिर्तामोड,


नेपाल सिएमए संघ झापाको आयोजनामा गरिएको प्रदेश नं–१ स्तरीय भेला बिर्तामोडको मेचि प्राबिधिक शिक्षालयको सभाहलमा सम्पन्न भएको छ ।
संशोधित स्वस्थय निर्देशिका २०७० ले एच ए तथा सिएमएहरुलाई स्वास्थ्यकर्मी समेत भन्न नपाउने गरी अझ संशोधन गरी पास गर्न लागेको हुँदा नेपाली जनताको सहजै प्राथमिक स्वस्थ्य सेवा प्राप्त गर्न सक्ने मौलिक हकÞ नै खोसिन लागेको हँुदा त्सको बिरुद्धमा सोमबारबाट स्वस्थ्य मन्त्रालयमा संघका केन्दिय पधाधिकारीहरु द्धारा गरिने धर्ना कार्यक्रमलाई एैकबद्दता जनाउदै दस सदस्य सघंर्ष समिति गठन समेत गरेको छ.।

झापा जिल्ला अध्यक्ष दानबहादुर श्रेष्ठको सभापतित्व रहेको कार्यक्रमका प्रमुख अतिथि संघका केन्दिय उपाध्यक्ष रामेश्वरप्रसाद यादव र बिशेष अतिथि ओम बहादुर खड्का रहेका थिए.।

राष्ट्रिय स्वास्थ्यक्रर्मी संघ नेपालका केन्द्रिय सदस्य दिपक सापकोटा,नेपाल स्वस्थ्यकर्मी संघ झापा जिल्ला अध्यक्ष गोबिन्द श्रेष्ठ, प्रगतिशिलका प्रेम न्यौपाने,एचए संघ झापा अध्यक्ष संजय ठकुरी, झापा जिल्लाका सबै स्थानिय तहका स्वस्थ्य संयोजकहरु ,तेह्रथुम, ताप्लेजुंग तथा ईलामका प्रतिनिधिहरुको आतिथ्य तथा बक्ता रहेका बृहत कार्यक्रमको संचालन प्रदिप खरेलले गरेका थिए ।

हाल नेपालको बाल मृत्युदर र मातृ मृत्युदरमा आएको कमी ,औषत आयुमा बृिद्ध ,बिरामीदरमा कर्मी जस्ता स्वास्थ्य सुचांकमा आएको सुधार पारमेडिक्स र्हुकै योगदान र परिश्रमले गर्दा भएको सत्यतालाई नकार्दै नेपाल सरकारले आफ्नो थर्मोमिटर र आला समेत खोस्ने निति ल्याउन लागेको हुँंदा सबै पारामेडिक्सहरु अब एक भएर अगाडी बढ्ने बत्ताहरुको बचनबद्दता गरेका छन् ।


बिशेष गरी मान्यता प्राप्त संस्थाबाट अध्ययनगरी स्वस्थ्य ब्यावसायी परिषद दर्ता र स्वस्थ्य मन्त्रालयले समेत पहिले दिएको अधिकारलाई हाल बिभिन्न बहानामा स्वस्थ्यकर्मी नै होईनन् भन्ने आषयमा निति बनिन लागेको हँुदा त्यसलाई सबैले गहन अध्य्यन गर्नु पर्ने सुझाव बत्ताहरुले निति निर्माणकर्ताहरुसम्म पु्रयाउन आन्दोलनको बिकल्प नरहेको बताएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य धर्मेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रमको औचित्य केन्दिय सदस्य लालबहादुर खड्काले प्रष्ट पारेका थिए । स्वस्थ्यसंग संबन्धित सबै संघ संगठनका प्रतिनिधिहरुले आफ्नो अहिलेको स्तर हुनुमा सिएमए पृष्टभूमी नै रहेको प्रष्ट पारेका थिए।

Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर