Aamsanchar

हवाइजहाजसम्बन्धी अन्तरराष्ट्रिय पाठ्यक्रम सञ्चालित

Author Image
शनिवार, असोज २८, २०७४

काठमाडौँ, 

नर्दन लाइट एकेडेमी अफ एभिएशन एण्ड टेक्नोलोजी (नाट) कलेजले हवाइजहाजसम्बन्धी प्राविधिक पाठ्यक्रम सञ्चालन गरेको छ ।

कलेजले नेपालमै पहिलो पटक अन्तरराष्ट्रियस्तरको मान्यताप्राप्त विमानसम्बन्धी प्राविधिक विषय अध्ययनअध्यापन गर्न थालेको हो । बेलायतको सिटी एण्ड गिल्डस प्राविधिक शिक्षालयको सम्बन्धनमा कलेजले जहाजभित्रको व्यवस्थापक (एयर क्याबिन क्य्रु) र विमानस्थल व्यवस्थापक (एयरपोर्ट ग्राउण्ड ह्याण्डलिङ) सम्बन्धी अध्ययन सञ्चालन गरेको कलेजका प्रबन्ध निर्देशक राकेश सञ्जेलले बताउनुभयो ।

अन्यले तालीम केन्द्रका रुपमा प्रयोगात्मक गराए पनि कलेजले भने छ महिनाको कक्षा नै सञ्चालन गरेर उक्त प्राविधिक विषय पढाउन थालेको जिकिर उहाँले गर्नुुभयो । “कक्षासहित तालीम दिएर हामीले उक्त कोर्ष पढाउन थालेका हौँ”, उहाँले भन्नुभयो “पढेपछि विद्यार्थीले बेरोजगार बस्नुपर्दैन ।” विदेशमा यही पाठ्यक्रममा रु पाँच लाखसम्म खर्च लागे पनि कलेजले करिब रु एक लाख ६० हजारमा विद्यार्थीलाई पढाउने गर्छ ।

दश जोड दुई सकेर पढ्न सकिने उक्त अध्ययन गरिसकेपछि विद्यार्थीले हवाइजहाज चल्दा भित्री र विमानस्थलको बाहिरी व्यवस्थापन गर्ने छन् । नेपालमा हवाइजहाजसम्बन्धी परिचालिकाको मात्र तालीम हुने भएकाले यो पाठ्यक्रम नयाँ रहेको छ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर