Aamsanchar

‘डा. गोविन्द केसीका कारण चिकित्सा विधेयक पारित भएन’

Author Image
सोमवार, असोज ३०, २०७४

बिर्तामोड।

प्रस्तावित वीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका कारण चिकित्सा शिक्षक विधेयक पास हुन नसकेको दावी गरेका छन् ।
अस्पताल परिसरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै कनकमणि दीक्षित, डा. राजीव क्षेत्री, डा अभिषेक सिंह र गगनकुमार थापाले डाक्टर गोविन्द केसीलाई उक्साएर चिकित्सा शिक्षक विधेयक पास हुन नदिएको दावी गरे । युरोपियन युनियनको पैसा खाएर डाक्टर गोविन्द केसीसहित उनीहरुले चिकित्सा शिक्षा विधेयक पास हुन नदिन उल्झन थपेको आरोप लगाए । विदेशी कन्सल्टेन्सीसँग मिलेर बार्षिक मोटो रकम लिँदै नेपालको शिक्षा प्रणालीलाई अपाङ्ग सरह बनाएको उनको आरोप छ ।
उनले मेची अञ्चलमा टिचिङ हस्पिटल आवश्यक रहेको र त्यसको प्रत्यक्ष लाभान्वित २७ लाख जनता हुने बताएका छन् । २७ लाख जनताको मर्म र भावना विपरीत डाक्टर गोविन्द केसीलाई पटक–पटक आमरण अनशनमा बसाएर स्वास्थ्य क्षेत्रका माफियाले चिकित्सा शिक्षक विधेयक पास हुन नदिएको आरोप लगाए । उनले भने– ‘मेची अञ्चललाई राम्रो मेडिकल कलेज चाहिएको छ, चाहे वीएण्डसी किन नहोस् या त मेची अञ्चल अस्पताल नै किन नहोस्, यदि मेची अञ्चल अस्पतालले गुणस्तरीय सेवा दिन्छ भने वीएण्डसी आफै बन्द हुन्छ ।’
मेडिकल कलेजका लागि पटक–पटक दर्ताको मान्यता दिएर बार्षिक १० लाख रुपैयाँ कर लिन सक्ने नेपाल सरकारले सम्बन्धन नदिएर मेची अञ्चलवासीको चाहना र मर्म विपरीत खेलवाड गरेको उनको आरोप छ । यसअघि वीएण्डसी अस्पतालले ६ करोड रुपैयाँ कर तिरेको बताउँदै उनले भने– ‘चालू आर्थिक बर्षमा ११ करोड कर तिर्दै वीएण्डसी मेची अञ्चलमै पहिलो कर दाता हुँदा समेत सम्बन्धन नदिनु र शैक्षिक माफियाको फन्दामा परेर सरकार निरीह हुनु लज्जास्पद कुरा हो ।’
नेपाली कांग्रेसले संसदमा अवरोध पु¥याएक कारण वीएण्डसी मेडिकल कलेजले सम्बन्धन नपाएको उनको आरोप छ । व्यक्तिगत ‘इगो’का कारण वीएण्डसीलाई मेडिकल कलेजको मान्यता प्रदान नगर्नु नेपाली कांग्रेसको नियोजित षड्यन्त्र हो– प्रसाईंले भने– त्यसमा उच्च स्तरीय नेता र मन्त्री समेत लागेका छन् । चिकित्सा शिक्षालाई नियमित र व्यवस्थित गर्न सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक रोकिएको प्रति विर्तामोडको बीएण्डसी हस्पिटल प्रशासनले कडा आपत्ति जनाएको छ ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि केही व्यक्तिको नियोजित प्रयासमा चिकित्सा शिक्षा विधेयक रोकिएको प्रति बीएण्डसी हस्पिटल प्रशासनले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा निन्दा र भत्र्सना गरेको छ । मेची अञ्चललाई लक्षित गरेर मेडिकल कलेज सञ्चालनका लागि सबै प्रक्रिया पूरा गर्दा पनि डा. केसीको बलमा आफूहरुलाई सम्बन्धन प्राप्त गर्नबाट बञ्चित गरिएको बीएण्डसी हस्पिटल प्रशासनले दावी गरेको छ । पत्रकार सम्मेलनको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर