चारपाने,असोज ३० । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा धामको नामले जन्माएको झापाको अर्जुनधारा नगरपालिकामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको भेलाले अर्जुनधारा प्रेस क्लव गठन गरेका छन । सोमबार अर्जुनधारामा भएको पत्रकारको भेलाले कुमार भट्टराईको अध्यक्षतामा ११ सदस्य कार्यसमितिको अर्जुनधारा प्रेस क्लव गठन भएको हो ।

नव गठित समितिको उपाध्यक्षमा रमेश समदर्शी राई, सचिवमा प्रेम आचार्य, सहसचिवमा पुष्पा जवेगु, कोषाध्यक्षमा विशाल नेम्वाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा कमल पाण्डे बिनोद, अमित साम्पाङ, राजन साम्पाङ, तिलक योञ्जन तामाङ, कमल पोखरेल र नरेश खाती रहेका छन् ।

शनिअर्जुन प्रेस क्लवका अध्यक्ष दिपिन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको रहेको थियो ।
स्वागत मन्तब्य रमेश समदर्शी राईले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि सापकोटा, अर्जुनधारा नगरपालिकका प्रमुख हरिकुमार राना, नेपाली काँग्रेसका नगर अध्यक्ष हेमराज खरेल, राप्रपा नेपालका नगर अध्यक्ष छविलाल लम्साल, जनमुक्ति पार्टीका नगर अध्यक्ष दिलिप राई, मेचीनगर प्रेस क्लवका अध्यक्ष ज्ञानेन्द्र निरौला, वडा नं. १० का वडा अध्यक्ष बलदेव गोम्देन लगायतले नव कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

समिति गठनकै दिन समितिलाई चलायमान बनाउने उदेख्यले समितिका सदस्यहरुको संयोजकत्वमा विभिन्न कार्य समिति समेत गठन गरी जिम्मेवारी दिने अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा अर्जुनधारा नगरपालिकामा रहि बिभिन्न सञ्चार माध्यममा पत्रकारिता गर्दै आएका ३५ जना भन्दा वढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।














फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

