Aamsanchar

पुल मर्मत नहुँदा यात्रुलाई सास्ती

Author Image
मङ्गलवार, असोज ३१, २०७४

बिर्तामोड।

झापाको अर्जुनधारा नगरपालिका–२स्थित गाँजाबारीमा रहेको टाङटिङ खोलाको जीर्ण झोलुङ्गे पुल मर्मत नहुँदा सेवाग्राही मारमा परेका छन् ।
स्थानीयवासीले पटक–पटक झोलुङ्गे पुल मर्मतको माग राख्दै आएपनि सुनुवाई नहुँदा सेवाग्राही मारमा परेका हुन् । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएसँगै जनप्रतिनिधिले विकास निर्माणका काममा चासो देखाएका छन् । स्थानीयवासीको माग बमोजिम अर्जुनधारा–३को वडा कार्यालयमा बसेको जनप्रतिनिधि, राजनीतिक दल, बृद्धिजीवीसहित सामुदायिक वनका पदाधिकारीहरुको बैठकले झोलुङ्गे पुलको मर्मत गर्ने निर्णय गरेको हो ।
अर्जुनधारा वडा नं. २का वडाध्यक्ष रघुनाथ खनालको सभापतित्वमा सम्पन्न सो भेलाले केही महिना अघि गठन गरिएको रुपनारायण समाल नेतृत्वको झोलुङ्गे पुल मर्मत समितिलाई कात्तिक १देखि कार्य शुरु गर्न निर्देशन दिएको थियो । पुल निर्माण गर्दा लाग्ने काठ प्राविधिकको इस्टीमेट अनुसार स्थानीय शान्ति सामुदायिक वनले यथाशीघ्र उपलब्ध गराउने निर्णय गरेको समितिका अध्यक्ष समालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, नेपाली कांग्रेसका महासमिति सदस्य पुण्यप्रसाद ओझा, कांग्रेसका प्रतिनिधि गोपाल लामिछाने, शान्ति सामुदायिक वनका अध्यक्ष निर्मल बराल, उपाध्यक्ष टंक लामिछाने, नेकपा एमाले जिल्ला कमिटी सदस्य योगेन्द्र आचार्य, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत इन्द्रकुमार मण्डलले त्यस क्षेत्रमा पुल अतिआवश्यक भएको मन्दै पुलको तत्काल मर्मत गर्ने निर्णय गरेको थियो ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका नरप्रसाद कन्दङ्वा, वडा सदस्य बलबहादुर समाल, राजेन्द्र वाग्ले, खड्गमाया पराजुली, सावित्रा गौतम, लोकेन्द्र आलेमगर, मुक्तिनाथ भण्डारी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि तुलसी खतिवडा, नयाँ शक्ति नेपालका प्रतिनिधि रोम घिमिरे, अर्जुनधारा नगर अधिकृत हेमराज सेढाई, स्थानीय अगुवा डोरबहादुर उपरकोटी, प्रेम उपरकोटी, गोविन्द प्रधान, बद्री गुरागाँई, भीम कुइँकेल, निर्माण आचार्य, माधव गौतम, डिकबहादुर त्रिखत्री, चेतनाथ सापकोटा, नगर सभा सदस्य होम दुलाल लगायतले पुल निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने विषयमा जोड दिएका थिए ।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर