काकँरभिट्टा,


चेलिबेटी बेचविखन रोक्नका लागि विभिन्न संस्थाहरुले काँकरभिट्टा नाकामा काम गरिराखेका छन् । हरेक दिन बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म नाकामा रहेर मानव बेचबिखन रोक्न काम गरे सँगै चुनौती समेत बढ्दो क्रममा देखिएको छ ।

जोखिममा पर्न लागेका अनि परेका चेलिबेटीहरुको उद्धारको क्रममा अनेक चुनौति भोग्नु पर्ने बिश्व सेवा बिस्तार संस्थाकी सहायक निर्देशक मुना आचार्यको भनाइ रहेको छ ।
नाकामा काम गर्ने संस्थाहरु बिश्व सेवा बिस्तार संस्था ,माइती नेपाल ,साना हातहरु नेपाल सस्था सकृया अवस्थामा रहेका छन । मानव तस्करहरुले यो नाकालाई अति नै सजिलो रुपमा लिने गरेका छन । यसका कारण पनि संस्थाहरुको मार्षिक तथ्याक बढ्दो क्रममा हुने गरेका पाईन्छ ।

तिनै वटा सस्थाबाट नाकामा दैनिक १० जना भन्दा बढि कर्मचारी खटाएका छन् । तर पनि हरेक दिन यस्ता गतिबिधिमा संलग्न हरु समातिने गरेका छन् । यो सँगै मानव तस्करहरु कति पय अवस्थामा भाग्ने गरेका छन् । र समातिएका चेलिहरु छुटाउन तिनै गिरोहको सकृयातामा संस्थाहरुलाई दवाव समेत आउने गरेको छ ।
झापा राजगढकी एक महिलालाई केहि समय अघि बिश्व सेवा बिस्तार संस्थाले नाकाबाटै उद्धार गरियो । उनलाई भारत कटाउने गिरोह समेत समात्न सफल भएको थियो । तर बिभिन्न राजनितिक दलका कार्यकर्ता लागेर सो गिरोहलाई परिवार सँग जाहेरी नदिन आग्रह गर्दै मिलाउन सफल भए । यस कारण पनि यस्ता घटना हरु बढ्दो रुपमा देखिन्छ । पिडित परिवार र पिडितले जाहेरी दिन नखोज्दा नेपाली चेलिहरु बेच्ने मानव तस्करहरुले पूर्न मौका पाउने गरेका छन् ।
विशेष गरी चेलिबेटीहरु अशिक्षा, विपन्नता र बेरोजगारीका कारण बेचविखनमा पर्ने गरेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । नेपालको पूर्वी नाका खुल्ला सिमाना र संदनशिल भएका कारण पनि यो घटना घट्दो नभएर बढ्दो क्रममा देखिने गरेको जानकारहरुको भनाई रहेको छ । विभिन्न सरोकारवाला संंस्थाहरुले कार्य गरिरहदा समेत यस्तो घटना घटिरहनु राम्रो कुरा होईन । सरकारको माथिल्लो तहबाट नै मानव वेचविखनलाई नियन्त्रण गर्न पहल हुनुपर्ने देखिन्छ । जसका लागी शिक्षा, जनचेतना, रोजगारी र गरिबिनिवारण जस्ता कार्यहरुलाई चुस्त र प्रभावकारी बनाउन जरुरी देखिन्छ ।

