Aamsanchar

राजेन्द्र लिङ्देन भन्छन मलाई मत दिएर जिताउनु होस् भ्रष्टाचारको अन्त्य र द्रुत गतिमा विकासको काम गर्ने छु

Author Image
मङ्गलवार, कार्तिक २१, २०७४

कार्तिक २१ । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले भ्रष्टाचार रोक्न सकेमात्र विकासको गती अघिबढन सक्ने बताएका छन ।

मंगलबार झापाको भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा लिङदेनले विकास र समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचारलाई समाप्त पार्ने विषयमा आफु लागिपर्ने बताए ।

लिङदेन बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य तर्फका उम्मेद्वार हुन । पत्रकार सम्मेलनमा उनले भने आफुले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको बताउदै क्षेत्र नम्बर ३ का जनताले बिजयी बनाएर पठाएमा क्षेत्रको मात्र नभई समग्र झापा जिल्लाकै विकास र समृद्धिका बारेमा काम गर्ने बताए ।

त्यस्तै वाम गठबन्धनबाटै झापा क्षेत्र ३ (क) बाट एमालेका बसन्त बानिया र (ख) बाट माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले पनि प्रदेशसभा सदस्यमा विजयी भएर गएमा जनताको शिर निहुराउने काम नगर्ने प्रतिवद्दता व्यक्त गरे । २० बर्षदेखि सम्पन्न हुन नसकेका विकासका काम पाँच बर्ष भित्र पूरा गर्ने दुवै जनको प्रतिवद्धता थियो ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर