Aamsanchar

सिलीगुडीले नसकेको उपचार बीएण्डसीमा सम्भव

Author Image
मङ्गलवार, कार्तिक २१, २०७४

[नरेन्द्र ढकाल]

बिर्तामोड,


झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले भारतको सिलीगुडी स्थित न्युरो हस्पिटलबाट बचाउन नसक्ने भनेर फिर्ता पठाएको एक ब्यक्तिलाई बचाउन सफल भएको छ । झापाको दमक–१ का तुलसी सिग्देलललाई बीएण्डसी हस्पिटलले पुर्नजीवन दिएको उनको परिवारले बताएका छन् ।

बडा दशैं अन्र्तगत महानवमीका दिन मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका सिग्देलको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार गरिएको थियो । लाइफलाइन हस्पिटलले उपचार सम्भव नभएको भन्दै यस्तो उपचार नेपालका कुनै अस्पतालमा नहुने भनेर भारत रेफर गरेको उनकी श्रीमती टिका सिग्देलले बताएकी छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् –श्रीमन दुर्घटनामा पुर्नभयो लाइफलाइनले नेपालमा उपचार नहुने भनेर एम्बुलेन्स समेत खोजेर भारत पठायो त्यहाँ तीन लाख रुपैंया सकियो तर श्रीमन बचाउन नसक्ने भनेर फिर्ता पठाईदियो । तर नेपालमा नै यो भन्दा राम्रो हस्पिटल रहेछ । आशा मारेर फिर्ता ल्याएको श्रीमानलाई बीएण्डसी हस्पिटलले बचाईदिएको भन्दै उनले खुशी ब्यक्त गरिन् । उनले श्रीमन धेरै ठिक भएकाले मंगलबार घर लगेको समेत बताइन् ।

पत्रकार सम्मेलनमा बोल्दै बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले समयमा नै अस्पताल ल्याएको भए अझ छिटो सुधार आउने बताएका छन् । बीएण्डसी हस्पिटलमा दक्ष चिकित्सकका साथै अत्याधुनिक उपकरण रहेकाले अब कसैले भारत तथा अन्य देश धाउनुनपर्ने बताए । उनले यहाँका हस्पिटलहरुले भारतका हस्पिटलमा रेफर गर्ने गरेकाले कतै कमिशनको खेल त हैन भन्दै आशंका ब्यक्त गरेका छन् । बीएण्डसीमा उपचार सम्भव भएपनि उनीहरुले अन्यत्र पठाएर बिरामी माथि खेलबाड गरिरहेको आरोप समेत लगाएका छन् ।

सिग्देलको उपचारमा संलग्न डा.सुदिप सिंहले अत्यन्तै जटिल परिस्थितीमा हस्पिटल ल्याइएपनि सबैको अथक प्रयासले उनलाई बचाउन सफल भएको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने–परिवारको विश्वास, चिकित्सकको मेनहत र सबैको सहयोगले आज माया मारेको मान्छेलाई पुर्नजीवन दिन सफल भयौं यो एउटा चिकित्सकका लागी सबै भन्दा ठूलो सफलता हो । त्यस्तै उपचारमा संलग्न अर्का डाक्टर दिनेश थापाले दुर्घटना भएको तीन घण्टा भित्र हस्पिटल ल्याइपु¥याएको भए धेरै छिटो सुधार आउने बताए ।

एक महिना लामो अथक प्रयास पछि उनलाई बचाउन सफल भएको उनको भनाई छ । दिमागमा नै असर परेकाले उनलाई होसमा ल्याउन नै धेरै प्रयत्न गर्नुपरेको उपचारमा संलग्न डाक्टर राजु श्रेष्ठले बताए । बीएण्डसी हस्पिटलमा विश्वस्तरीय उपकरण तथा दक्ष चिकित्सक भएकाले जटिल शल्यक्रिया तथा अधिकांश रोगको उपचार संम्भव भएको बताए ।

झापाका विभिन्न हस्पिटलहरुले कमीशनको खेलमा लागेर भारतका विभिन्न अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेका पाइएपनि नेपालमा नै जटिल रोगको पनि उपचार संम्भव छ भन्ने उदाहरण यो सफलताले मिलेको बीएण्डसी हस्पिटलका जनसम्र्पक अधिकारी प्रमिश गिरीले बताए । सिग्देललाई गत असोज १६ गते बीएण्डसी हस्पिटलमा उपचारका लागी ल्याइएको थियो ।

धेरैले आफ्नो श्रीमन नबाँच्ने भनेर आफुलाई निराश बनाएपनि हस्पिटल प्रशासन तथा चिकित्सकहरुले सधै हौसला प्रदान गर्नुका साथै सबैको निरन्तरको उपचारका कारण श्रीमानलाई बचाउन सफल भएको भन्दै सिग्देलकी श्रीमतीले धन्यवाद दिएकी छन् ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर