भारतको एम्स अस्पतालमा लामो समय काम गरेर केही समय अघि मात्रै झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा आउनुभएका डा. लक्ष्मण ठाकुरसंग डेंगु रोगका विभिन्न विषयमा आमसञ्चारकर्मी नरेन्द्र ढकाल संग गरिएको कुराकहानीको संम्पादित अंश–
अहिले डेंगु ज्वरोका बिरामी कति छन् हस्पिटलमा ?
– झापामा केहि समय अघि फैलिएको डेंगुका कारण धेरै मानिसहरु बिरामी पर्न जानुभयो । असोज र काक्तिकमा बिरामीको संख्या अधिक थियो । हाल भने यो संख्या घट्दै गएको छ । अहिले पनि बीएण्डसी हस्पिटलमा दैनिक १–२ जना बिरामीहरु आउने गरेका छन् । यो रोगका बिरामी अहिले ५०–६० जनाको हाराहारीमा उपचारत रुपमा हुनुहुन्छ ।
यो वर्ष डेंगु ज्वरोका कति बिरामीको उपचार गरिसक्नु भयो ?
– यो वर्ष हालसम्म बीएण्डसी हस्पिटलमा मात्रै करिब २ सय बिरामीले उपचार सेवा लिएका छन् । विशेष झापाको बिर्तामोडमा यो रोग धेरै फैलिएका कारण पनि यो क्षेत्रका बिरामीहरु अधिक रहेका छन् ।
के बीएण्डसी टिचिङ हस्पिटलमा डेंगु ज्वरोको सबै अवस्थाको उपचार सम्भव छ ?
– अवश्य पनि छ । हामीसंग विश्वस्तरीय उपकरणहरु छन् । दक्ष चिकित्सक पनि छौं । जुनसुकै हस्पिटल लगेपनि डेंगु ज्वरोका बिरामीको उपचार पद्धति एकै किसिमको हुन्छ ।त्यसैले यो रोगको उपचार बीएण्डसीमा संभ्व छ तर हामीले कसैलाई जबरजस्ती गर्न मिल्दैन् विश्वास नलाग्नेहरु अन्तै जान सक्छन् ।
जहाँ गहेपनि यसको उपचार एकै किसिमको हुन्छ । शरिरमा पानीको मात्रा कम भएर समस्या हुने हो त्यसलाई यथावत राखेर अन्य उपचार पद्धति अप्नाउने काम हुने हो ।
त्यसो भए यहाँका कतिपय हस्पिटलले डेंगु ज्वरोका बिरामीको प्लेटलेट निकै घटिसकेपछि शिलगढी कि धरान,बिराटनगर रेफर गर्छन् नि ? यस बारे के भन्नु हुन्छ ?
– हो बिर्तामोडका केही हस्पिटलले नजिकै रहेको बीएण्डसीमा रेफर नगरेर कमिशनको खेलमा लागेर अन्यत्र रेफर गरेको पाइषे । यो हस्पिटलले कमिशन नदिएका कारण यहाँ रेफर नगरेको हुन् सक्छ । तर बीएण्डसी हस्पिटलले कसैलाई पनि रेफर गरेको छैन् । हाम्रोमा उपचार गराउनेहरु धेरै निको भएर घर गइसक्नु भएको छ । यसमा बिरामीले विश्वास गर्ने कुरा हो ।
म आग्रह गर्दछु कसैको भनाईको भरमा नपर्नु होस् । उपचारपद्धति र लाग्ने खर्च जहाँ गएपनि एउटै हो । अनि हामी सबैले बुझनु पर्ने कुरा के छ भने डेंगु त्यस्तो ठूलो रोग होइन । यसबाट आतंकित भइहाल्नु पर्दैन् ।
प्लेटलेट बीएण्डसीमा दिन सकिन्छ ?
– हामीले नेपाल रेडक्रस सोसाइटीमा रहेको ब्लड बैंकसंग सहकार्य गरेर प्लेट लेट आपूर्ति गर्न सक्छौं । २० हजार भन्दा कम प्लेटलेट भएपछि समस्या हुन्छ । मानिसलाई चाँहीले सोतो रक्तकोषिका अर्थात प्लेटलेट पनि हामी यहाँ दिन सक्छौं । तर केही ब्यक्तिले पनि दिन सक्दैन भनेर भ्रम फैल्याउने काम गरेको रहेछ । म आग्रह गर्न चहान्छु हामी प्लेटलेट पनि दिनसक्छौं ।
डेंगु ज्वरो के कारणले हुन्छ ?
– डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।
सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ ।
औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।
यसका लक्षण कस्ता हुन्छन् ?
–डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । असाध्यै टाउको दुख्ने,आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्न,े ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्न,ेशरीरमा विमिरा आउने,वाकवाकी लाग्ने , पेट दुख्ने,नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
यी लक्षण देखिए बिरामीले के गर्नुपर्छ ?
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने साथै पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने,यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।
तपाई कार्यरत हस्पिटलले सामाजिक उत्तरदायित्वबापत डेंगु ज्वरोको सेक्टरमा के काम गरेको छ ?
– हामीले सामाजिक उत्तरदायित्व अन्र्तग सबैभन्दा ठूलो कुरा जनचेतना हो । हामीले विभिन्न कार्यक्रम तथा सञ्चारमाध्यम मार्फत जानकारी गएका छौं । यो ठूलो भयावह रोग नभएकाले सबैभन्दा ठूलो कुरा त आत्तिनु हुदैन । त्यस कार्यमा हामीले सबैलाई सचेतना फैल्याउने काम गरेका छौं । यो विषयमा अन्य हस्पिटल भन्दा बीएण्डसी हस्पिटल एककदम अघि देखिएको छ ।
आम सर्वसाधारणलाई के भन्नुहुन्छ ?
–म सबैसंग आग्रह गर्न चहान्छु कि यो सामान्य रोग हो तर यो भन्दैमा हेलचेत्र्रmाई नगर्नु होला । लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले यसको टोकाईबाट बचौं र घरवरपर सफाराखौं भन्न चहान्छु ।